सत्येन्द्र र नेहामाथि ज्यादती- मागियो गृहमन्त्री लेखकको राजीनामा | Khabarhub Khabarhub

सत्येन्द्र र नेहामाथि ज्यादती- मागियो गृहमन्त्री लेखकको राजीनामा


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारलाई प्रहरीले अत्याचार गरेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएको छ ।

प्रहरी लगाएर राम र रौनियारमाथि ज्यादति गरेकाले गृहमन्त्री लेखकले तत्काल राजीनामा दिनुपर्ने मागसहित सोमबार काठमाडौंमा प्रदर्शन भएको हो ।

नेत्रविक्रम चन्द विप्लवनिकट श्रमिक समुदाय मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले सोमबार काठमाडौंमा प्रदर्शन गरेको हो ।

श्रमिक समुदायमाथि भएका सबै प्रकारका जातीय भेदभाव र हिंसाविरुद्ध विरोध सभामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागसहित नाराजुलुसमेत लगाइएको छ।
सोमबार श्रमिक समुदाय मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिको कार्यालयनजिकै विरोध सभा गरिएको हो ।

यसअघि शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने सांसदहरूले उक्त प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा मागिएको थियो ।

सांसद नारायणी शर्माले उमेर पुगेका बयस्क नागरिकलाई आफ्नो फैसला गर्ने अधिकार रहेको बताउँदै गृहमन्त्रीको निर्देशनमा प्रहरीले गरेको ज्यादतीको निन्दा गरेकी थिइन् । तर, गृहमन्त्री लेखकले भने आफूले प्रहरीलाई कुनै निर्देशन नदिएको जिकिर गरिरहेका छन् ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  २ : ४१ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार