सरकारसँग कुरा नमिलेपछि पाथीभरामा केबलकारविरुद्ध फेरि आन्दोलन घोषणा « Khabarhub

सरकारसँग कुरा नमिलेपछि पाथीभरामा केबलकारविरुद्ध फेरि आन्दोलन घोषणा


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

विराटनगर- पाथीभरमा केबलका निर्माणको विरोधमा उत्रिएको समूहले सरकारसँगको वार्तामा सहमति नजुटेपछि फेरि आन्दोलन घोषणा गरेको छ।

यही शनिबार र आइतबारको वार्ताले कुनै निष्कर्ष निकाल्न नसकेपछि पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएको समूहले ललितपुरबाट फेरि आन्दोलन घोषणा गरेको हो ।

केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भो आवद्ध ११ वटा संस्था र १० वटा अन्तरदलीय राजनीतिक पार्टीले संयुक्त रुपमा आन्दोलन घोषणा गरेका हुन् ।

सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले माघ २९ गतेदेखि अर्को चरणको आन्दोलन घोषणा गरेका हुन् ।

उनीहरूले माघ २९ देखि फागुन ९ गतेसम्म ग्लोबल आईएमई बैंकसहित चन्द्र ढकाल नेतृ्त्वको आइएमई समूहलाई बहिष्कार, फागनु ६ गतेदेखि ८ सम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा, केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानीमा अवरोध तथा काठमाडौं, इटहरी र बिर्तामोडमा विरोध सभा घोषणा गरेका छन् ।

आन्दोलनरत समूहले केबलकारको सम्झौता खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि ल्याएका छन् । त्यहीक्रममा उनलीहरूले विरोध प्रदर्शन कार्यक्रम पनि तय गरेका छन् । यो चरण पूरा भएपछि यसअघि माघ तेस्रो साताको जस्तै अनिश्चितकालीन यातायात बन्द र आमहड्तालको तयारी उनीहरूले गरेका छन् ।

ताप्लेजुङको पाथीभरामा केबलकार बनाउन थालिएपछि विरोधमा उत्रिएका ‘नो केबलकार समूह’का सदस्य र प्रहरीबीच माघ १२ गते झडप हुँदा २४ जना घाइते भएका थिए । जसमा आन्दोलनकारीतर्फ तीनजना गम्भीर घाइते भएका थिए । गोली लागेका दुईजनाको अहिले काठमाडौंमा उपचार जारी छ ।

त्यसपछि आन्दोलनित समूहले कोशी प्रदेशमा आमहड्ताल गर्दा जनजीवन अस्तव्यस्त भएको थियो । जनजीवन प्रभावित भएपछि सरकारले गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता टोली बनाएको थियो ।

उक्त वार्टा टोली र आन्दोलितबीच माघ २२ गते ६ बुँदे सहमति भएको थियो । उक्त सहमतिमा सरकारले घोषणा गरे बमोजिम गत माघ १२ गतेको र त्यस आसपास भएका आन्दोलनका क्रममा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्ने उल्लेख थियो ।

माघ १२ गते ताप्लेजुङ सदरमुकाममा सुरक्षाकर्मीसँग भएको घटनाबारे छानबिन गरी कानुनी कारबाही गर्ने सहमति पनि भएको थियो ।

गत माघ २२ गते भएको वार्तामा केबलकारको स्टेशनबारे माघ २७ गतेको वार्तामा विस्तृत छलफल गर्ने सहमति पनि दुई पक्षबीच भएको थियो । तर यसबारेमा शनिबार र आइतबारको वार्तामा कुरा नभएपछि आन्दोलन थाल्न लागिएको हो ।

आन्दोलनकारीहरूले आइबार मात्रै ताप्लेजुङबाट प्रतिनिधिसभाका सदस्य योगेशकुमार भट्टाराईसँग संवाद गरेका थिए । उनीसँग आन्दोलनकारीले गृहमन्त्री रमेश लेखकसँग भेटाइदिन भनेका थिए । भट्टराईले सोमबार गृहमन्त्रीसँग भेटाउने बताए पनि आन्दोलनकारीले नयाँ चरणको आन्दोलन घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ४ : ०२ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको