एमालेको नेतृत्वमा ओली रहेसम्म कम्युनिस्ट एकता सम्भव छैन : प्रचण्ड | Khabarhub Khabarhub

एमालेको नेतृत्वमा ओली रहेसम्म कम्युनिस्ट एकता सम्भव छैन : प्रचण्ड


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको नेतृत्वमा केपी ओली रहेको अवस्थामा नेपालमा कम्युनिस्ट पार्टीहरूको एकता सम्भव नरहेको बताएका छन् ।

सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पुर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘चुनाव सँगै मिलेर लडेको हो र जनताले पनि हामीलाई साथ दिएको थियो । तर, एमालेको नेतृत्वमा केपी ओली रहेसम्म नेपालमा कम्युनिस्ट एकता सम्भव छैन ।’

अध्यक्ष प्रचण्डले आफु पार्टी विस्तारको अभियानमा रहेको र जनतासँगको नजिकको सापेक्षतामा काम गर्ने योजना बनाएको बताए ।

‘हामी कहिले कांग्रेससँग, कहिले अन्य पार्टीसँग मिल्दा उनीहरूको संस्कृति हामीमा पनि अंशतः सरेको जस्तो देखिन्छ । अब हामी फेरी शुद्ध भएर जनतासँग जानेछौँ ।’ सरकारको कमजोर अवस्था र दुई तिहाइ बहुमतको दाबीप्रति असहमत हुँदै प्रचण्डले भने, ‘दुई तिहाइको बहुमत भएको सरकारले अध्यादेश ल्याउनु हुँदैनथ्यो । ६ दिनपछि सदन बोलाउनुपर्ने भनेपछि अध्यादेश ल्याउनु भनेको यो सरकारको कमजोरीको संकेत हो । यो सरकार जनताको, राष्ट्रको र सुशासनको पक्षमा काम गर्नका लागि बनेकै छैन ।’

प्रचण्डले सरकारको असंवैधानिकता र लोकतन्त्र विरोधी प्रवृत्तिहरूको पनि आलोचना गरे। उनले संविधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्रीको विश्वासको मत लिन असफल भएपछि ३ मा गएर ठूलो दलको नेतृत्वमा सरकार बन्नुपर्नेमा, त्यसलाई मिचेर अहिलेको सरकार बनाइएको भन्दै यसलाई असंवैधानिक भने ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ५ : ०६ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित