‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप जिम्मेवार बन्नुपर्छ’ « Khabarhub

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप जिम्मेवार बन्नुपर्छ’


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप जिम्मेवार बन्नुपर्ने बताएका छन् । दुःख दिने नियतले हालिएका उजुरीबारे अख्तियार सचेत हुनुपर्ने उनले बताए। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतद्वारा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री कँडेलले विकास निर्माण गर्दा आफूले पाए ठिक र अरूले पाए बेठीक भन्दै उजुरी दिने चलनको अन्त्य हुनुपर्ने बताए । विकास निर्माणका काममा सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्नेमा उनको जोड थियो । 

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले अख्तियारको भूमिका बदल्नुपर्ने बताए। अख्तियारले गरेका काम अदालतबाट उल्टिएका उल्लेख गर्दै उनले यी विषयमा छलफल हुनुपर्ने बताए। 

‘समाजमा डरको आभास भएन त्यो समाज छाडा हुन्छ’, प्रदेश प्रमुख जोशीले भने। राज्यका नियमनकारी निकाय बलिया हुनुपर्नेमा उनको जोड थियो ।  

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ५ : २३ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका