पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात « Khabarhub

पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– काँकरभिट्टाबाट चालु आर्थिक वर्षको छ महिनामा १४ अर्ब ५६ करोड ६३ लाख बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ । 

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । छ महिनामा सबैभन्दा धेरै चिया छ अर्ब ८२ करोड, अलैँची चार अर्ब २२ करोड ६० लाख, प्लाइ तथा भेनियर रु एक अर्ब ९१ करोड १३ लाख मूल्य बराबरको निर्यात भएको उनले बताए। 

यस्तै, अदुवा २६ करोड १३ लाख, अम्लिसो ४९ करोड ७४ लाख, बन्दा आठ करोड १७ लाख, जडीबुटी दुई करोड ६३ लाख मसुरो दाल एक रोड ५५ लाख मूल्यको निर्यात भएको छ ।  सूचना अधिकारी ठाकुरले सोही अवधिमा पूर्वी नाकाबाट एक अर्ब ९६ करोड ६७ लाख ५० हजार मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको जानकारी दिए । 

आयात हुने मुख्य वस्तुमा कोदो, गेँडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्यांकअनुसार कोदो १० करोड ९५ लाख ६८ हजार, चामल रु तीन करोड तीन लाख, ताजा तरकारी १८ करोड २३ लाख मूल्य बराबरको आयात भएको छ । 

यसैगरी ताजा फलफूल २० करोड १८ लाख, लसुन ६१ करोड ७५ लाख, आलु २१ करोड ७४ लाख मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ। 

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ५ : ५१ बजे

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको