अर्जुन ट्रफीको उपाधि अत्तरियालाई, डडेलधुरा ३४ रनले पराजित « Khabarhub

अर्जुन ट्रफीको उपाधि अत्तरियालाई, डडेलधुरा ३४ रनले पराजित


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

धनगढी – अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि अत्तरियाले जितेको छ । धनगढीको फाप्लामा सोमवार फाइनलमा फेण्ड्स क्लब डडेलधुरालाई स्तब्ध पार्दै सीबाईसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेको हो । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ३४ रनले डडेलधुरालाई पराजित गर्दै अत्तरियाले उपाधि जितेको छ । 

जितका लागि ११९ रनका मध्यम स्कोर पछ्याउने क्रममा डडेलधुरा १८ ओभरमा अलआउट हुँदै ८४ रन मात्रै बनायो । ११९ रनको लक्ष्य पछ्याउन क्रममा डडेलधुराका गजेन्द्र बोहराले सर्वाधिक २४ रन बनाएका थिए । यस्तै कुशल भुर्तेलले २०, अशोक धामीले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहरो अंकको रन बनाउन सकेनन् ।

डडेलधुरालाई लक्ष्यमा पुग्नको लागि रोक्न अत्तरियाका साहब आलम र दीपेश कँडेलले समान ३÷३ विकेट लिएका थिए । त्यस्तै कमल गुप्ता र विवेक यादवले समान २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको थियो । अत्तरियाका लागि रसिद खानले सर्वाधिक ३१ रन बनाएका थिए । त्यस्तै सन्तोष कार्की र शंकर रानाले समान २०–२० रन बनाउँदा सन्दीप क्षेत्रीले १२, विवेक यादवले ११, भीम सार्कीले १० रन बनाए ।

डडेलधुराका लागि अभिषेक गौतमले ४ विकेट लिएका थिए । यस्तै अजय चौहान र कुशल भुर्तेलले पनि एक एक विकेट लिए । अत्तरियाका तीन खेलाडी रन आउट भएका थिए । 

प्रतियोगितामा विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । यो सुदूरपश्चिममा आयोजना गरेको सर्वाधिक धनराशीको प्रतियोगिता हो । धनगढीमा यस अघि धनगढी प्रिमियम लिग सञ्चालन भएको थियो । त्यसपछिको सर्वाधिक चर्चाको आयोजना पनि हो ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ६ : ११ बजे

पञ्चैबाजा समूहबाट लोकबाजा स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण