बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ « Khabarhub

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन्। प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका-१५ घर भई हाल ललितपुर महानगरपालिका-५ बस्ने ३६ वर्षीय हिरालाल विश्वकर्मा रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वकर्मालाई सोमबार ललितपुर टिकाथलीबाट पक्राउ गरेको हो। कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार विश्वकर्माविरूद्ध जिल्ला अदालत भक्तपुरले पाँच दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

गत कात्तिक २६ गते अदालतले फैसला गरेयता विश्वकर्मा फरार रहेका थिए। फरार व्यक्ति खोजी तथा अनुसन्धानको सिलसिलामा कार्यालयको टोली विश्वकर्माको पछि लागेको थियो।

विश्वकर्मालाई जिल्ला अदालत भक्तपुर पठाइएको छ। बस्नेतका अनुसार विश्वकर्मा संलग्न बैंकिङ कसुरको अर्को मुद्दा ललितपुरमा छ। उनीविरूद्ध ललितपुर परिसरले अदालतबाट पक्राउ पुर्जी लिइसकेको छ। उक्त कसुरमा विश्वकर्मालाई २२ लाखको बिगो छ।

यस्तै, विश्वकर्मालाई १२ लाख रुपैयाँ बिगोको बैंकिङ कसुरको मुद्दामा वृत्त स्वयम्धुले पक्राउ पुर्जी लिइसकेको छ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ६ : ४१ बजे

डेङ्गु जोखिम क्षेत्रमा सचेतना अभियान चलाउन सरकारको निर्देशन

काठमाडौं– गर्मीयाम सुरु भएसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई

अनुतिन फेरि थाइल्यान्डका प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी– क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको

 रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं– ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न

हिउँदे बर्सातले किसानमा खुसी

भोजपुर– लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह

एन्फा राष्ट्रिय लिगमा लालीगुराँसको जित

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा लालीगुराँस एसोसिएसन क्लबले चित्लाङ