कञ्चनजङ्घा आरोहणको ७० वर्षः ‘हीरक महोत्सव’ हुने « Khabarhub

कञ्चनजङ्घा आरोहणको ७० वर्षः ‘हीरक महोत्सव’ हुने


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहण भएको ७० वर्ष पुगेको उपलक्ष्यमा ‘कञ्चनजङ्घा प्याटिनम जुब्ली’ २०८२ महोत्सव हुने भएको छ । आगामी २०८२ साल वैशाख ५–७ गते फक्ताङलुङ गाउँपालिका–५, लेलेपमा महोत्सव हुने भएको हो । महोत्सवका लागि विशेष ‘लोगो’ र नारा सार्वजनिक गरिएको छ ।

सोमबार महोत्सव संयोजन समितिले ‘कञ्चनजङ्घा संरक्षण क्षेत्र, प्रकृतिको उपहार संरक्षण क्षेत्रमा पर्यापर्यटन, समृद्धिको आधार’ नारासहितको लोगो सार्वजनिक गरेको छ ।

लोगो सार्वजनिक गर्दै कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कोषाध्यक्ष तथा महोत्सव संयोजन समितिका संयोजक छोवाङ शेर्पाले महोत्सवले संरक्षण क्षेत्रभित्रका प्राकृतिक सम्पदा, पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

महोत्सव कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को संयोजनमा, समृद्ध पहाड परियोजना तथा संरक्षण क्षेत्र कार्यालयसहित विभिन्न सङ्घ–संस्थाको सहकार्यमा गरिने जनाइएको छ ।

परिषद्का सदस्य सचिव मनकुमार राईका अनुसार कोशी प्रदेश सरकारसँग आर्थिक तथा कार्यक्रमगत साझेदारीका लागि छलफल भइरहेको छ । महोत्सवमा कञ्चनजङ्घा क्षेत्रमा रहेका पर्यटकीय सम्पदाको प्रचारप्रसार, पदयात्रा प्रवर्द्धन, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन र परिकारको प्रवर्द्धनजस्ता गतिविधि समेटिने छन् । भलिबल प्रतियोगितासमेत आयोजना गरिने जनाइएको छ ।

कञ्चनजङ्घा आरोहणको ऐतिहासिक यात्रालाई सम्मान गर्दै पहिलो आरोहीहरूको परिवार तथा अन्य आरोहणकर्तालाई आमन्त्रण गरिने आयोजकले जनाएको छ ।

महोत्सवका मुख्य कार्यक्रम लेलेपमा सम्पन्न भएपछि, काठमाडौंमा राष्ट्रियस्तरको विशेष कार्यक्रम आयोजना गरिने भएको छ । कञ्चनजङ्घा, विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर (८,५८६ मिटर) हो ।

सन् १९५५ मे २५ मा बेलायती नागरिक जर्ज ब्याण्ड र जो ब्राउनले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ९ : ५० बजे

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, लामिछानेले गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

त्रिवेणी – जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट

फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा

कास्की – प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा

हर्क साम्पाङले मागे अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा.

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न