को हुन् ब्रिटिस फिल्म ‘कामा’का नायक टंक ? « Khabarhub

को हुन् ब्रिटिस फिल्म ‘कामा’का नायक टंक ?


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मार्च ७ देखि ब्रिटिस फिल्म ‘कामा’ बेलायत र आयरल्यान्डका हलमा प्रदर्शनरत छन् । यस फिल्ममा नेपाली युवा टंक धमाला नायकको भूमिकामा छन् ।

फिल्ममा उनीसहित हलिउड कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, दक्षिण भारतीय नायिका पूजा गुप्ताको अभिनय रहेको छ ।

नायक धमालाका अनुसार विश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्न सक्छ भन्ने कथामा फिल्म ‘कामा’ बनेको छ । यसमा उनी मुख्य भूमिकामा छन् । आर्मीको चरित्र निर्वाह गरेका छन् ।

ब्रिटिस एक्टिङ कोच साइमन गिब्बनसँग अभिनय प्रशिक्षण लिएर यस फिल्ममा काम गरेको उनले खुलाए ।

उनी थप्छन्, ‘आर्मीले सोच्ने तरिका, शारीरिक हाउभाउ, उसको मानसिकतालाई ग्रहण गर्नका लागि मैले प्रशिक्षण लिएर आफ्नो पात्रलाई तयार गरेको थिएँ ।’

यस फिल्मबाट टंकले इटलीमा सम्पन्न ‘मिलान इन्टरनेशनल फिल्म फेस्टिभल’ सर्वाेत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।

उनले ‘म्याड्रिड इन्टरनेशनल फिल्म फेस्टिभल २०२४’ मा पनि सर्वाेत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । ‘कामा’को निर्देशक भीमसेन लामा हुन् ।

‘कामा’ले बेलायत र आयरल्याण्डका हलमा समेत राम्रो प्रतिक्रिया पाइरहेको उनको दाबी छ ।

को हुन् टंक ?

टंक सन् २००९ देखि बेलायतमा बस्दै आएका छन् । उनी पेसाले ‘चार्टर एकाउन्टेन्ट’ हुन् । उनले उतै फिल्म सम्बन्धी अध्ययन गरेका छन् ।

उनको पहिलो फिल्म ‘डेन्जरअस गेम’ हो । यस फिल्ममा उनी सहायक भूमिकामा छन् । उनको दोस्रो फिल्म नेपाली हो । नेपाली फिल्म ‘सरौतो’मा उनी खलपात्रको भूमिकामा छन् ।

सन् २०२३ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘एनिमल’मा पनि उनले सहायक भूमिका निर्वाह गरेका छन् ।

सन् २०१८ देखि मोडलिङमा सक्रिय टंकले ब्रिटिस एयरवेज, स्वीस एयर, कोकाकोला लगायतका विज्ञापनमा पनि अभिनय गरेका छन् ।

‘कामा’सँगको सम्झौताले नेपाली फिल्म अभिनय गर्न नपाएको टंक बताउँछन् । भन्छन्, ‘ब्रिटिस फिल्ममा अनुबन्धित भएकै कारण मैले केही राम्रा अफर पनि स्वीकार गर्न सकिनँ । म सम्झौताले बाँधिएको थिए । तर, अब नेपाली फिल्ममा सुहाउँदो भूमिका पाएमा म आफूलाई प्रस्तुत गर्न तयार भएको छु ।’

टंक हाल ब्रिटिस मोडल एवं एक्टर एजेन्सी ‘लङफोर्ड एसोसियट’सँग आबद्ध भएर काम गरिरहेको बताउँछन् । सोही एजेन्सीमार्फत् नयाँ प्रोजेक्टको तयारी भइरहेको उनले बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ८ : ४४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्