सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ७० पैसा र बिक्रीदर १३९ रुपियाँ ३० पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५० रुपियाँ २६ पैसा र बिक्रीदर १५० रुपियाँ ९१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपियाँ २२ पैसा र बिक्रीदर १८० रुपियाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपियाँ ६४ पैसा र बिक्रीदर १५८ रुपियाँ ३२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ४६ पैसा र बिक्रीदर ८७ रुपियाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ४६ पैसा र बिक्रीदर ९६ रुपियाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ २० पैसा र बिक्रीदर १०४ रुपियाँ ६५ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३७ पैसा र बिक्रीदर नौ रुपियाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १७ पैसा र बिक्रीदर १९ रुपियाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९७ पैसा र बिक्रीदर ३७ रुपियाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ०५ पैसा र बिक्रीदर ३८ रुपियाँ २२ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १२ पैसा र बिक्रीदर चार रुपियाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ७६ पैसा र बिक्रीदर ३७ रुपियाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४२ पैसा र बिक्रीदर ३१ रुपियाँ ५५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५७ पैसा र बिक्रीदर नौ रुपियाँ ६१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ७५ पैसा र बिक्रीदर १३ रुपियाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ १५ पैसा र बिक्रीदर २० रुपियाँ २३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८५ पैसा र बिक्रीदर १७ रुपियाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपियाँ ११ पैसा र बिक्रीदर ४५२ रुपियाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपियाँ ९२ पैसा र बिक्रीदर ३६९ रुपियाँ ५१ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपियाँ २७ पैसा र बिक्रीदर ३६१ रुपियाँ ८३ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ५ : ४१ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट