स्पेस एक्स स्याटलाइटको विषयमा मस्क, रुबियो र पोल्यान्डका विदेश मन्त्रीबीच विवाद « Khabarhub

स्पेस एक्स स्याटलाइटको विषयमा मस्क, रुबियो र पोल्यान्डका विदेश मन्त्रीबीच विवाद


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी विदेश मन्त्री मार्क रुबियो, अर्बपति एलन मस्क र पोल्यान्डका विदेश मन्त्री राडास्लोस सिरोस्कीको बीच विवाद भएको छ।

युक्रेनमा रहेको मस्कको स्टारलिंक स्याटलाइटको विषयमा विवाद भएको हो।

मस्कको पोस्टलाई जवाफ दिँदै पोल्यान्डका सिरोस्कीले युक्रेनमा स्टार लिंकको स्याटलाइट बन्द भए अर्को विकल्प तयार हुनसक्ने बताएका थिए। यसको जवाफ दिँदै रुबियोले मस्कले स्याटलाइट बन्द गरेको त्यसको मूल कारण नै सिरिस्की हुने जवाफ दिएका थिए।

मस्कले सामाजिक सञ्जालमै पोल्यान्डका प्रधानमन्त्रीलाई सानो मान्छेको संज्ञा दिए। स्पेस एक्स मिसनको स्टार लिंकले ग्रामीण र विकट क्षेत्रमा हाइस्पिड इन्टरनेट प्रवाह गर्छ।

सिरिस्कीले स्टार लिंककै लागि पोल्यान्डको डिजिटाइजेसन मन्त्रालयले वर्षको ५ करोड अमेरिकी डलर तिरेको सञ्जालमा लेखेका थिए।

रुबियोले कसैले पनि युक्रेनमा स्याटलाइट बन्द गर्ने विषयमा कुरा नगरेको उल्लेख गरेका छन्।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ६ : ०५ बजे

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६