काठमाडौँ उपत्यकाको वायु गुणस्तर अस्वस्थकर  | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकाको वायु गुणस्तर अस्वस्थकर 


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु गुणस्तर अस्वस्थकर स्तरमा पुगेको छ। ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अनुसार आज काठमाडौँ विश्वका पाँचौँ सबैभन्दा प्रदूषित सहरमध्ये परेको छ ।

आजको एक्यूआई मापनअनुसार, भारतको राजधानी नयाँ दिल्ली २१९ एक्यूआई सहित विश्वकै सबैभन्दा प्रदूषित सहरको रूपमा पहिलो स्थानमा रहेको छ । काठमाडौँको एक्यूआई १९१ रहेको छ, जसले वायु प्रदूषण गम्भीर अवस्थामा पुगेको देखाउँछ । 

विश्व स्वास्थ्य संगठन का मापदण्डअनुसार, स्वस्थ वायुको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ, भने ५० सम्मलाई सामान्य मानिन्छ । 

५१ देखि १०० सम्मको एक्यूआई सावधानी अपनाउनु पर्ने (पहेंलो सङ्केत) मानिन्छ, जबकि १०१ देखि १५० सम्मको एक्यूआई श्वासप्रश्वास तथा मुटुरोगीका लागि हानिकारक मानिन्छ। १५१ देखि २०० सम्मको एक्यूआई अस्वस्थकर स्तरको वायु मानिन्छ ।

२०१ देखि ३०० सम्मको एक्यूआई ‘अत्यन्त अस्वस्थ’, ३०१ देखि ४०० सम्म ‘खतरनाक’, र ४०१ देखि ४५० सम्म ‘अति खतरा’ को श्रेणीमा पर्छ । काठमाडौँ उपत्यकाको लागि २०७६ सालको वायुगुणस्तर व्यवस्थापन कार्ययोजना अनुसार, एक्यूआई ३०० भन्दा बढी पुगेको अवस्थामा विपद्को घोषणा गर्नुपर्ने उल्लेख छ ।

आज विश्वका सबैभन्दा प्रदूषित सहरहरूमा दोस्रो स्थानमा भियतनामको हनोइ, तेस्रो स्थानमा बंगलादेशको ढाका, र चौथो स्थानमा चीनको बेइजिङ परेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १२ : ४८ बजे

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै