माओवादी निष्कर्ष- सरकारकै कारण प्रतिगामी सलबलाए, राजा फर्किने कुरा असम्भव « Khabarhub

माओवादी निष्कर्ष- सरकारकै कारण प्रतिगामी सलबलाए, राजा फर्किने कुरा असम्भव


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले वर्तमान सरकारका कारण प्रतिगामीहरु सक्रिय भएको निष्कर्ष निकालेको छ ।

माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले दुई दलीय सरकारको कुशासनका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको हो ।

प्रतिगामीहरू सक्रिय भए पनि नेपाली जनतालाई धेरै प्रभाव नपरेको बैठकको निष्कर्ष रहेको प्रवक्ता अग्नि सापकोटाले बताए।

उनले अहिले पनि नेपाल जनता लोकतन्त्रको पक्षमा रहेकाले यसको विकल्प उन्नत लोकतन्त्रमात्रै हुन सक्ने पार्टीको निष्कर्ष रहेको बताएका छन् ।

संविधान जारी गरेको र मुलुकको संघीयतासहितको परिवर्तन मन नपराउनेले सरकारको कुशासनका कारण फेरि टाउको उठाउन खोजेको प्रवक्ता सापकोटाले बताए ।

उनले अहिलेको संविधान र व्यवस्थाप्रति केही प्रश्न उठे पनि त्यसको समाधानसमेत रहेको बताए ।

बैठकले संघीय संस्दका साथै सातै प्रदेशका संसद्हरूमा माओवादीले शसक्त भूमिकासहित जनताका समस्या उजागर गर्ने निर्णय गरेका प्रवक्ता सापकोटाले बताए । उनले मुलुकमा राजतन्त्र फर्कने कुनै सम्भावना नगरेको उल्लेख गरे ।

त्यस्तै पार्टीले बृहत जनपरिचालन गर्ने निर्णय गर्दै त्यसको मिति भए अर्को बैठकले तय गर्ने उनले जानकारी दिए । बैठकमा ‘जनतासँग माओवादी अभियान’को प्रारम्भिक समीक्षा भएको छ ।

झापा देखि रौटहटसम्म आइपुग्दा जनतामा नयाँ जागरण पैदा भएको ठहर गरेको उनले बताए । हाललाई स्थगित अभियान अर्को महिना पुन सुरू गर्ने माओवादीले जनाएको छ ।

त्यस्तै बैठकमा गणतन्त्रवादी कुन–कुन दल कसरी प्रस्तुत हुनेबारे पनि छलफल गर्ने निर्णय भएको छ । सोमबार अपरान्ह ४ बजे समाजवादी मोर्चाको बैठक बस्दैछ । बैठकले भावी रणनीतिबारे निर्णय गर्ने पार्टी सचिव देवेन्द्र पौडेलले बताए ।

‘गणतन्त्र पक्षधरले एकजुट भएर जाने कुरा भएको छ । अराजक तत्त्व सलबलाएका बेला गणतन्त्रवादीहरू मिल्नु आवश्यक छ’, पौडेलले भने, ‘भोलि ४ बजे फेरि माओवादीको पदाधिकारी बैठक छ । आज परिस्थितिबारे छलफल भएको छ । समाजवादी मोर्चाको बैठकपछि निर्णय आउला ।’

समाजवादी मोर्चामा अहिले ४ वटा दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र नेसपा छन् । आइतबार राजावादी दलले सडकमा प्रदर्शन गरेपछि गणतन्त्रवादीहरू झस्किएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १२ : ५५ बजे

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

चार करोड ३८ लाख भुरा उत्पादन

जनकपुरधाम– यहाँस्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले

भत्किएको तीन वर्षपछि बिरिङमा नयाँ पुल निर्माण सुरु

भद्रपुर– तीन वर्षअघि बाढीले क्षति पुर्याएको अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ