रुपन्देही अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे रवि « Khabarhub

रुपन्देही अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे रवि


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत पुगेका छन् ।

एक करोड धरौटी लिएर छाड्ने गरी गत माघ १३ गते रुपन्देही जिल्ला अदालतबाट भएको आदेशविरुद्ध रविले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सोमबार निवेदन दर्ता गराएका छन् ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत अपचलनसँग सम्बन्धित मुद्दामा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लाद योगीको इजलासले माघ १३ गते एक करोड रुपैयाँ धरौटी लिएर उनलाई थुनामुक्त गर्ने आदेश दिएको थियो।

तर गोर्खा मिडियामा उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीलाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाइदिएको छ ।

फौजदारी कार्यविधिसंहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी त्यो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन दिएका हुन् ।

लामिछाने त्यसअघि गत पुस २५ गते पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा माघ २ गते काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रिहा भएका थिए । ती दुवै अदालतमा प्रभु बैंकले ग्यारेन्टी बसिदिएपछि रवि रिहा भएका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १ : ०४ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको