२५ प्रकारका नयाँ औषधी दर्ता गर्ने विभागको निर्णय  « Khabarhub

२५ प्रकारका नयाँ औषधी दर्ता गर्ने विभागको निर्णय 


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधी व्यवस्था विभागले २५ प्रकारका नयाँ औषधी दर्ता गर्ने निर्णय गरेको छ । 

औषधि सल्लाहकार समितिको ५७ औं बैठकले ती नयाँ औषधि (न्यू मोलिक्युल) दर्ता गर्ने निर्णय गरेको हो । विभागले २५ प्रकारका नयाँ औषधि तथा नयाँ समिश्रणहरुको दर्ता अनुमोदन प्रस्ताव स्वीकृत गरिसकेको जनाएको छ । 

‘२५ प्रकारका नयाँ औषधि (न्यु मोलिक्युल) साथै औषधिका नयाँ समिश्रणहरू तत्तत् रोग एवं रोगको अवस्थामा प्रयोग गर्ने गरी अनुमोदन गरी विभागले अपनाइ आएको विधि र प्रकृया पूरा गरी दर्ता गर्न सिफारिस भइ आएको व्यहोरा मिति २०८१ फागुन २५ को विभागीय निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ’, विभागले जारी गरेको सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १ : २० बजे

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई