माओवादी बैठकमा प्रचण्डले भने- गणतन्त्रलाई हल्लाउन खोजियो, हामी चुप नबसौँ « Khabarhub

माओवादी बैठकमा प्रचण्डले भने- गणतन्त्रलाई हल्लाउन खोजियो, हामी चुप नबसौँ


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रकका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको वर्तमान सरकारको असन्तुष्टिका कारण राजावादी र हिन्दुवादीहरू सलबलाएको बताएका छन् ।

बैठकमा प्रतिगामीहरू सलबलाएकाले दलहरू तुरुन्त एक्सनमा जानुपर्ने निष्कर्ष निकालिएको छ ।

खुमलटारमा बसेको बैठकमा अध्यक्ष प्रचण्डले कांग्रेस–एमाले सरकारले जनतालाई डेलिभरी दिन नसक्दा समस्या आएको निष्कर्ष सुनाए ।

वर्तमान सरकारले कार्यशैली सुधार नगरेकाले प्रतिपक्षीले केही गृहकार्य गर्ने दिन आएको उनले बताए । प्रचण्डले भने, ‘साथीहरू वर्तमान सरकारले असन्तुष्टिले सडक तात्यो । अब हामी चुप बस्नुहुँदैन । लामो समय संघर्ष गरेर ल्याएको गणतन्त्रलाई हल्लाउने प्रयत्न भइरहेको छ ।’

उनले गणतन्त्रलाई जनताले रुचाएका बेला सरकारको असन्तुष्टि सडकमा देखिएको तर यो राजाको भेषमा आएकाले यो गम्भीर विषय भएको बताए ।

अन्य नेताले पनि सरकारप्रति जनतामा बढी असन्तुष्टि चुलिएकाले राजावादी र हिन्दुवादीको अराजक गतिविधिलाई नियाल्नुपर्ने बताएका थिए ।

त्यसपछि आन्दोलनका कार्यक्रम घोषणा गर्नुअगाडि प्रचण्डले समाजवादी मोर्चासँग छलफल गर्नुपर्ने प्रस्ताव राखेको बैठकमा सहभागी एक नेताले बताए ।

ती नेताका अनुसार समाजवादी मोर्चाको बैठकपछि आन्दोलनका कार्यक्रम घोषणा हुने बताइएको छ ।

आज अपरान्ह ४ बजे समाजवादी मोर्चाको बैठक छ । यस्तै भोलि ४ बजे माओवादीले पदाधिकारी बैठक डाकेको छ ।

माओवादी राजावादीहरू सडकमा आन्दोलन गर्ने निर्णय गरेपछि तराई मधेस जागरण अभियान छाडेर आइतबार काठमाडौं फर्किएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १ : २८ बजे

बालबालिकालाई डरमुक्त गराउने मजिपा लाखे

काठमाडौँ – रातो अनुहार, अग्लो कपाल, डर लाग्दो स्वरूप र

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।