माओवादी बैठकमा प्रचण्डले भने- गणतन्त्रलाई हल्लाउन खोजियो, हामी चुप नबसौँ « Khabarhub

माओवादी बैठकमा प्रचण्डले भने- गणतन्त्रलाई हल्लाउन खोजियो, हामी चुप नबसौँ


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रकका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको वर्तमान सरकारको असन्तुष्टिका कारण राजावादी र हिन्दुवादीहरू सलबलाएको बताएका छन् ।

बैठकमा प्रतिगामीहरू सलबलाएकाले दलहरू तुरुन्त एक्सनमा जानुपर्ने निष्कर्ष निकालिएको छ ।

खुमलटारमा बसेको बैठकमा अध्यक्ष प्रचण्डले कांग्रेस–एमाले सरकारले जनतालाई डेलिभरी दिन नसक्दा समस्या आएको निष्कर्ष सुनाए ।

वर्तमान सरकारले कार्यशैली सुधार नगरेकाले प्रतिपक्षीले केही गृहकार्य गर्ने दिन आएको उनले बताए । प्रचण्डले भने, ‘साथीहरू वर्तमान सरकारले असन्तुष्टिले सडक तात्यो । अब हामी चुप बस्नुहुँदैन । लामो समय संघर्ष गरेर ल्याएको गणतन्त्रलाई हल्लाउने प्रयत्न भइरहेको छ ।’

उनले गणतन्त्रलाई जनताले रुचाएका बेला सरकारको असन्तुष्टि सडकमा देखिएको तर यो राजाको भेषमा आएकाले यो गम्भीर विषय भएको बताए ।

अन्य नेताले पनि सरकारप्रति जनतामा बढी असन्तुष्टि चुलिएकाले राजावादी र हिन्दुवादीको अराजक गतिविधिलाई नियाल्नुपर्ने बताएका थिए ।

त्यसपछि आन्दोलनका कार्यक्रम घोषणा गर्नुअगाडि प्रचण्डले समाजवादी मोर्चासँग छलफल गर्नुपर्ने प्रस्ताव राखेको बैठकमा सहभागी एक नेताले बताए ।

ती नेताका अनुसार समाजवादी मोर्चाको बैठकपछि आन्दोलनका कार्यक्रम घोषणा हुने बताइएको छ ।

आज अपरान्ह ४ बजे समाजवादी मोर्चाको बैठक छ । यस्तै भोलि ४ बजे माओवादीले पदाधिकारी बैठक डाकेको छ ।

माओवादी राजावादीहरू सडकमा आन्दोलन गर्ने निर्णय गरेपछि तराई मधेस जागरण अभियान छाडेर आइतबार काठमाडौं फर्किएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १ : २८ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द