राप्रपाले तिर्‍यो काठमाडौं महानगरलाई एक लाख जरिवाना « Khabarhub

राप्रपाले तिर्‍यो काठमाडौं महानगरलाई एक लाख जरिवाना


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजतन्त्रको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई जरिवाना तिरेको छ । प्रवक्ता ज्ञानेन्द्र शाहीले महानगरपालिका पुगेर जरिवाना स्वरूप एक लाख रुपैयाँ महानगरलाई तिरेका हुन् । 

उनले महानगरलाई जरिवाना तिरेपछिको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।  

‘हामी राप्रपा सुशासन मान्छौँ र विधिको शासन मान्छौँ । राजाको स्वागतमा आएका लाखौँ आमाबुवा, दाजुभाइ–बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् । महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्छौँ,’ उनले भनेका छन् । 

यसअघि पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा गरिएको प्रदर्शनका क्रममा फोहोर गरेको र र्यालिङ भाँचेको भन्दै महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना गरेको थियो । 

उक्त प्रदर्शनमा सहभागी अर्को दल राप्रपा नेपाल र आफूलाई अभियन्ता भन्दै आएका राजावादी दुर्गा प्रसाईंका समर्थकहरू पनि सहभागी थिए । तर, महानगरपालिकाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपालाई मात्रै जरिवाना गराएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १ : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै