सप्तरीमा तीन घर जले, लाखौंको क्षति | Khabarhub Khabarhub

सप्तरीमा तीन घर जले, लाखौंको क्षति


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

 
सप्तरी– सप्तरीमा आइतबार राति तीन घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ।

तिलाठी कोइलाठी गाउँपालिका-३ का नयनी यादव, कोकर्ण मुखिया र लखन मुखियाको घरमा राति ९ बजे आगलागी भएको हो।

नयनी यादवको घरनजिकै बालेको परालको घुरबाट तीन घरमा आगो फैलिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिकाको दमकलले एक घन्टापछि आगो नियन्त्रणमा लिएको थियो।

आगलागीबाट नयनीको घर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात, दुई तोला सुन, चाँदी एक किलो र दुई वटा बाख्रा जल्दा ११ लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

यस्तै, गोकर्णको घरमा आगलागी हुँदा २० लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। लखन मुखियाको घरमा आगलागी हुँदा दुई लाख दुई हजार रुपैयाँ बराबरको क्षति भएको छ।

अग्निपीडितलाई जिल्ला दैवी प्रकोप व्यवस्थापनबाट तत्कालका लागि राहतस्वरूप खाद्यान्न, लत्ताकपडा वितरण गरिएको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  २ : ०४ बजे

अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच

गलकोट– तीन महिना अघिसम्म खानेपानी बोकेर घरमा ल्याउँदै आएकी जिल्लाको

रामहरिलाई रास्वपाको सुझाव- गल्ती स्वीकारेर समितिबाट राजीनामा दिनुस्

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्को राज्य व्यवस्था

नागार्जुनमा नयाँ पर्यटकीय पूर्वाधार निर्माण

काठमाडौं–  तारकेश्वर नगरपालिका–३ मा सुविधासम्पन्न पर्यटकीय पूर्वाधार निर्माण भएको छ ।

बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य

गण्डकी– तीनवटै तहका सरकारसँगै सरोकार भएका सबैको सामूहिक प्रयासलले बालश्रम

प्रि ओपन सेसन : नेप्सेमा साढे १ अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल