महिलालाई रोजगारी दिँदै भूमिकास्थान « Khabarhub

महिलालाई रोजगारी दिँदै भूमिकास्थान


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको कर्मशील जनशक्ति परिचालन कार्यक्रमबाट महिला रोजगारीमा जोडिन थालेका छन् । गत आर्थिक वर्षमा एक सयभन्दा बढी महिला उद्यमी तयार गरी मकैको पोस्कर र थाकलबाट टोपी तथा झोला निर्माण गरेको पालिकाले यस वर्ष उक्त परिमाणमा रोजगारी दिने लक्ष्य लिएको छ । 

भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाका अनुसार स्वरोजगार सिर्जना गर्ने, बसाइँसराइ नियन्त्रण गर्ने र आन्तरिक आम्दानी वृद्धि गरी  भूमिकास्थानलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ कर्मशील कार्यक्रम सञ्चालन गरिएको हो । नगरपालिकाले प्राकृतिक रेशाजन्य वनस्पति थाकलको पात र मकैको पोस्करबाट निर्माण हुने हस्तकला सामग्रीलाई व्यावसायिक रूपमै अगाडि बढाएको छ । 

हाइब्रिड जातको मकैको पोस्करबाट टोपी र झोला निर्माण नहुने भएकाले नगरपालिकाले बाँझो जग्गामा कर्मशिल रोजगार कार्यक्रममार्फत मकैको बीउ उत्पादन गरेको नगरपालिकाका योेजना अधिकृत हरिश्चन्द्र भुसाललले बताए। मकैको पोस्कर र थाकलबाट निर्माण गरिएका टोपी र झोला बिक्री गर्न कुनै समस्या नभएको नगरउपप्रमुख बालकृष्ण बञ्जाडेले जानकारी दिए। ओम राजश्री मल्टि एग्रो प्रालि काठमाडौँले गत आर्थिक वर्षमा तालिम लिएकामध्ये निरन्तर सामग्री  निर्माण गर्ने भूमिकास्थान–३ कि लीला विकलाई रु ३० हजारसहित सम्मान गरेको छ ।

बाँझो जग्गा खनेर गहत, प्याज र विभिन्न तरकारीखेतीबाट मनग्य आम्दानी गरेका कर्मशील महिला उद्यमीले अहिले आफै तयार पारेका मकैको पोस्कर थाकेको पातबाट बनेका झोला र टोपी  गाउँमा उत्पादन गरेर विदेश निर्यात गर्न थालेका छन् । भूमिकास्थानका १० वटै वडामा तालिम दिएर स्वरोजगार बनाएको  नगरपालिकाले अहिले महिलालाई व्यवसायिकतामा जोडेको हो ।

कम्पनीले प्रति क्विन्टल रु १५ हजारको दरले पोस्कर खरिद गरेको छ । यसरी तयार भएको झोला र टोपीको बजारीकरण पालिकाले गरेपछि महिला आम्दानी गर्न थालेका छन् । पालिकाबाट बेरोजगारी समस्या अन्त्य गर्ने योजना अन्तर्गत बाँझो खेत जोत्ने अभियान पनि सँगसँगै  सुरु गरिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  २ : २९ बजे

ढाका पुगेका जयशंकरले किन भेटेनन् यूनुसलाई ?

ढाका –  भारतका विदेशमन्त्री एस. जयशंकर र बंगलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार

बीपीएल : सन्दीपको टिम राजशाही सुपर ओभरमा विजयी

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत बिहीबार भएको खेलमा

मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिला

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी द्रोपती धामी ७० वर्षको हाराहारीमा पुग्दै

नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते

स्विट्जरल्याण्ड – दक्षिणी स्विट्जरल्याण्डको क्रान्स–मोन्टानामा रहेको स्की रिसोर्टको बारमा आगलागी

एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

गोरखा– सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको