पाकिस्तानमा ‘तीन आप्रवासी’को गोली हानी हत्या « Khabarhub

पाकिस्तानमा ‘तीन आप्रवासी’को गोली हानी हत्या


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– पाकिस्तानको दक्षिणपश्चिमी प्रान्तमा बन्दुकधारीले तीन ‘आप्रवासी’ हजामको गोली हानी हत्या गरेको प्रहरीले सोमबार जनाएको छ ।

बलुचिस्तानमा देशका अन्य भागबाट आएका मजदुरहरूमाथि आक्रमण बढेको छ र लडाकुहरूले उनीहरूलाई यस क्षेत्रबाट लाभ उठाएको आरोप लगाउने गरेका छन् । 

अफगानिस्तान र इरानसँग सीमा जोडिएको सो प्रान्तमा लडाकूहरू सेनालाई सूचना दिएको आरोप लगाएका आप्रवासी हेयरड्रेसरहरूलाई बारम्बार निशाना बनाइएको छ।

पन्जगुर जिल्लाका एक प्रहरी अधिकारी मोहम्मद जैदले एएफपीसँग भने, ‘सिन्धका तीन हजामले ज्यान गुमाएका छन् ।’

 प्रहरीका अनुसार आइतबार साँझ मोटरसाइकलमा आएका बन्दुकधारीले सैलुन पसलमा पसेर गोली चलाएका थिए ।

यस आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । पृथकतावादी बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) यस क्षेत्रको सबैभन्दा सक्रिय समूह हो, जसले बाहिरी व्यक्तिहरूलाई यसको समृद्ध स्रोतहरूको दोहन गरेको आरोप लगाउदै आक्रमणहरू गर्ने गरेको छ । 

गत फेब्रुअरीमा लडाकुहरूले एक बस रोकेर सात जना पञ्जाबी मजदुरहरूलाई मृत्युदण्ड दिएका थिए। गत वर्षको अप्रिलमा नौश्की शहरमा बसबाट अपहरणमा परेका ११ जना पञ्जाबी मजदुरको पनि मृत्यु भएको थियो भने सोही वर्षको मे महिनामा छ जना पञ्जाबी हजामलाई गोली हानी हत्या गरिएको थियो ।

बलुचिस्तानको बोलन जिल्लाका प्रहरी अधिकारी सैयद दिलावरका अनुसार आइतबार भएको अर्को घटनामा पाकिस्तानी सेनाका दुई सैनिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

लडाकूहरू पहाडमा लुकेर बसेको सूचना पाएपछि सैनिकहरूले सुरक्षा कारबाही चलाएको र घन्टौँसम्म भएको गोली हानाहानमा दुई सैनिकको मृत्यु भएको थियो । 

स्थानीय प्रहरी अधिकारी फजल वकारका अनुसार उत्तरपश्चिम खैबर पख्तुनख्वाको कोहाट जिल्लामा सोमबार बिहान आतङ्ककारीले दुई प्रहरी अधिकारीको पनि गोली हानी हत्या गरेका छन् ।

विगत केही वर्षयता पाकिस्तानी शहरहरूमा आक्रमणहरू विरलै हुने गरेका भएपनि अफगानिस्तानसँगको सीमा क्षेत्रमा हिंसात्मक घटनाहरू बढेका छन् । 
 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  २ : ५५ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने