प्रजातन्त्रको विकल्प कुनै तन्त्र हुन सक्दैन : एनपी साउद « Khabarhub

प्रजातन्त्रको विकल्प कुनै तन्त्र हुन सक्दैन : एनपी साउद


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले प्रजातन्त्रको विकल्प अरू कुनै तन्त्र हुन नसक्ने बताएका छन् । संघीय राजधानी काठमाडौंमा राजावादीहरूले आइतबार गरेको प्रदर्शनतर्फ लक्षित गर्दै उनले प्रजातन्त्रको विकल्प प्रजातन्त्रमात्रै हुन सक्ने बताएका हुन् ।

‘प्रजातन्त्रको विकल्प प्रजातन्त्रमात्रै हुन सक्छ,’ कैलालीको धनगढीमा जारी कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको उद्‌घाटन समारोहमा नेता साउदले भने ।  

उनले प्रजातन्त्रले कुनै विकल्पलाई निषेध भने नगरेको स्पष्ट पार्दै प्रजातान्त्रिक प्रक्रियाको माध्यमबाट आउने विकल्पलाई संविधानले जहिले पनि अंगिकार गर्दै आएको स्मरण गरे । 

‘अहिले प्रजातन्त्रले कुनै विकल्पलाई निषेध पनि गरेको छैन,’ पूर्वपरराष्ट्रमन्त्री साउदले भने, ‘प्रजातान्त्रिक प्रक्रियाको माध्यमबाट आउने विकल्पलाई हाम्रो संविधानले जहिले पनि अङ्गिकार गर्दै आएको छ ।’ 

उनले संसद्मा रहेका कम्युनिस्ट र सडकमा रहेका राजावादीबाट जुनसुकै बेलामा पनि प्रजातन्त्रमाथि प्रहार हुन सक्ने भन्दै कांग्रेस सहज रहनुपर्नेमा जोड दिए । 

‘आज मुलुकको अवस्था जटिल छ । संसद्‌भित्र हेर्ने हो भने कम्युनिस्टहरूको दुईतिहाइ सङ्ख्या छ । सडकमा हेर्ने हो भने हिजो जनआन्दोलनको प्रक्रियाबाट हामीले इतिहासको भग्नावशेषमा सुताइसकेकाहरू पनि ब्युँतिन खोज्दै छन्,’ साउदले भने, ‘त्यसकारण यी शक्तिहरूबाट जनुसुकै बेलामा पनि प्रजातन्त्रलाई, प्रजातान्त्रिक संविधानलाई, नेपाली जनताका उपलब्धि र आकांक्षालाई प्रहार हुन सक्ने भएकाले नेपाली कांग्रेस जहिले पनि सजग, सचेत, चनाखो रहनुपर्ने आवश्यकता छ ।’ 

संविधान, संवैधानिक प्रक्रिया र नेपाली जनताले सङ्घर्ष गरेर ल्याएको प्रजातन्त्र-गणतन्त्रविरुद्ध कुनै शक्ति जुर्मुराउन खोजे त्यसलाई परास्त गर्न कांग्रेस अगाडि आउने पनि साउदले बताए।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ४ : ०३ बजे

महिला श्रमिकको पीडा : न सुरक्षा, न समान ज्याला

काठमाडौं– अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक, विशेष गरी महिला श्रमिकहरूले सरकार

आगलागीबाट एक महिनामा आठ जनाको मृत्यु 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा

नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई

जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

नवनियुक्त चार मन्त्रीले लिए शपथ, अन्तरिम सरकार अब १४ सदस्यीय

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शुक्रबार चारजना मन्त्री थपिएका