राप्रपा नेपालले भन्यो- पूर्वाराजाको आग्रह जनताले स्वीकारे, सबै राजावादी मिल्ने बेला आयो | Khabarhub Khabarhub

राप्रपा नेपालले भन्यो- पूर्वाराजाको आग्रह जनताले स्वीकारे, सबै राजावादी मिल्ने बेला आयो


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको आह्वानलाई जनताले स्वीकारेको निष्कर्ष निकालेको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकले ४ बुँदे निर्णय गर्दै देशलाई संकटबाट मुक्त गर्न पूर्वराजाबाट सहयोगका लागि गरिएको आह्वानलाई जनताले अनुमोदन र आत्मसाथ गरेका निष्कर्ष निकालेको हो ।

राप्रपा नेपालले आइतबार काठमाडौंमा भएको बृहत् जनप्रदर्शनबाट पूर्वराजाको आह्वान जनअनुमोदित भएको जनाएको छ।

उक्त प्रदर्शनपछि अब चाँडै नै हिन्दुराष्ट्र र राजसंस्था पुन:स्थापना हुने सुस्पष्ट संकेत गरेको बैठकपछि पार्टीका महामन्त्री तथा सचिवालय प्रमुख राजाराम बर्तौलाले भनेका छन् ।

‘जनताको यो आवाज, चाहना र समयको मागलाई सम्बोधन गर्दै शान्तिपूर्ण ढङ्गबाट निकास खोज्ने जिम्मेवारी प्रमुख राजनीतिक दलको काँधमा आएको छ । जनताले यथास्थितिमा परिवर्तन खोजेका छन् । हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयता खारेजी, भ्रष्टाचारको अन्त्य र देशभित्रै रोजगारीको सिर्जना जनताको चाहाना हो’, उनले भनेका छन्, ‘सर्वपक्षीय सहमतिको आधारमा सबै विचार र शक्तिहरू अटाउने मौलिक प्रजातान्त्रिक प्रणाली स्थापना गर्न अब ढिलो गर्नु हुँदैन ।’

राप्रपा नेपालले जनताको चाहाना र भावनालाई दमन वा उपेक्षा गर्ने प्रयास भए परिस्थिति नियन्त्रण बाहिर गई अप्रिय दुर्घटना हुनेसमेत जनाएको छ ।

‘जनताले चाहेको परिवर्तनको चाहनालाई संस्थागत गर्न तथा हिन्दुराष्ट्र र राजसंस्था पुन: स्थापनाको पक्षमा देखापरेको जनउत्साहलाई निष्कर्षमा पुर्‍याउन सबै राष्ट्रवादी, राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादी र देशभक्त शक्तिहरू यथासम्भव चाँडो एकतावद्ध हुन र संयुक्त मोर्चा निर्माण गर्न राप्रपा नेपाल आह्वान गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘सबै राष्ट्रवादी एकजुट हुने हो भने जनताको साथ र समर्थन रहने तथा परिवर्तन सम्भव छ भन्ने फागुन २५ गतेको ऐतिहासिक जनप्रदर्शनले स्पष्ट पारेको छ।’

राप्रपा नेपालले राष्ट्रवादी, राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादी, देशभक्त शक्ति एकजुट भई ‘सर्वपक्षीय आन्दोलनको मोर्चा’ गठन गर्न तथा तत्काल जनआन्दोलनको घोषणा र कार्यक्रम तयार गर्नसमेत अपिल गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ४ : २० बजे

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका