पार्टीविरुद्ध लाग्ने नेता-कार्यकर्तालाई कांग्रेस बन्ने छुट छैन : नेता रसाइली « Khabarhub

पार्टीविरुद्ध लाग्ने नेता-कार्यकर्तालाई कांग्रेस बन्ने छुट छैन : नेता रसाइली


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाली कांग्रेसका युवा नेता प्रकाश रसाइली ‘स्नेही’ले पूर्वराजा ज्ञानेन्द्र शाहको वकालत गरेर पार्टीविरुद्ध लाग्ने नेता–कार्यकर्तालाई कांग्रेस बन्ने छुट नभएको बताएका छन् । 

कैलालीको धनगढीमा जारी कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको उद्घाटन समारोहमा उनले राजावादीको पक्षमा लागेर पार्टीप्रति नकारात्मक धारणा राख्ने नेता–कार्यकर्तालाई कांग्रेस बन्ने छुट नभएको बताएका हुन् ।  

‘चाहे रवि होस् चाहे राजा ज्ञानेन्द्र होस्, जसले नेपाली कांग्रेसका नेताहरूको सन्दर्भमा, नेपाली कांग्रेस पार्टीको सन्दर्भमा चुलो–चौको, बाटोघाटो, चिया पसलमा मिडियामा कुनै नेगेटिभ कुरा गर्छ त्यसलाई अब कांग्रेस बन्ने छुट छैन,’ केन्द्रीय सदस्य रसायलीले भने । 

उनले कांग्रेसको गर्विलो इतिहासमात्रै नभएर क्रान्तिकारी इतिहास रहेको पनि स्मरण गराए । 

‘नेपाली कांग्रेस पार्टी मुलुकका सबै समस्या र चुनौतीको सामान गरेर अगाडि बढ्ने पार्टी हो,’ रसायलीले भने, ‘हाम्रो इतहिास गर्विलोमात्र होइन, हाम्रो इतिहास क्रान्तिकारी इतिहास पनि हो ।’

उनले सभापति शेरबहादुर देउवाका कारण सुदूरपश्चिम संघीय राजधानी काठमाडौंसँग सडक सञ्जालसँग जोडिएको तथ्य पनि उद्घाटन समारोहमा स्मरण गराए ।  

‘आदरणीय पार्टी सभापतिज्यू, तपाईं सुदूरपश्चिमलाई नेपालसँग जोड्ने पहिलो पात्र हो, जब कर्णालीको पुल बन्यो । हामी भारतको बाटो हुँदै राजधानी काठमाडौँ जान्थ्यौँ,’ नेता रसायलीले भने ।  

रसायलीले कांग्रेसबाहेकका राजनीतिक दलहरूलाई समस्याका रूपमा चित्रित गर्दै कांग्रेस पार्टी र पार्टी सभापति देउवा समाधान भएको पनि जिकिर गरे। 

‘नेपाली कांग्रेस पार्टी समस्या होइन, समस्या राजा हो, समस्या माओवादी हो । समस्या एमाले हो, समस्या नेपालका मधेशवादी दलहरू हुन्,’ केन्द्रीय सदस्य रसायलीले भने, ‘नेपाली कांग्रेस पार्टी समाधान हो । हाम्रो सभापति समाधान हो ।’

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ४ : २१ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १