पार्टीविरुद्ध लाग्ने नेता-कार्यकर्तालाई कांग्रेस बन्ने छुट छैन : नेता रसाइली « Khabarhub

पार्टीविरुद्ध लाग्ने नेता-कार्यकर्तालाई कांग्रेस बन्ने छुट छैन : नेता रसाइली


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाली कांग्रेसका युवा नेता प्रकाश रसाइली ‘स्नेही’ले पूर्वराजा ज्ञानेन्द्र शाहको वकालत गरेर पार्टीविरुद्ध लाग्ने नेता–कार्यकर्तालाई कांग्रेस बन्ने छुट नभएको बताएका छन् । 

कैलालीको धनगढीमा जारी कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको उद्घाटन समारोहमा उनले राजावादीको पक्षमा लागेर पार्टीप्रति नकारात्मक धारणा राख्ने नेता–कार्यकर्तालाई कांग्रेस बन्ने छुट नभएको बताएका हुन् ।  

‘चाहे रवि होस् चाहे राजा ज्ञानेन्द्र होस्, जसले नेपाली कांग्रेसका नेताहरूको सन्दर्भमा, नेपाली कांग्रेस पार्टीको सन्दर्भमा चुलो–चौको, बाटोघाटो, चिया पसलमा मिडियामा कुनै नेगेटिभ कुरा गर्छ त्यसलाई अब कांग्रेस बन्ने छुट छैन,’ केन्द्रीय सदस्य रसायलीले भने । 

उनले कांग्रेसको गर्विलो इतिहासमात्रै नभएर क्रान्तिकारी इतिहास रहेको पनि स्मरण गराए । 

‘नेपाली कांग्रेस पार्टी मुलुकका सबै समस्या र चुनौतीको सामान गरेर अगाडि बढ्ने पार्टी हो,’ रसायलीले भने, ‘हाम्रो इतहिास गर्विलोमात्र होइन, हाम्रो इतिहास क्रान्तिकारी इतिहास पनि हो ।’

उनले सभापति शेरबहादुर देउवाका कारण सुदूरपश्चिम संघीय राजधानी काठमाडौंसँग सडक सञ्जालसँग जोडिएको तथ्य पनि उद्घाटन समारोहमा स्मरण गराए ।  

‘आदरणीय पार्टी सभापतिज्यू, तपाईं सुदूरपश्चिमलाई नेपालसँग जोड्ने पहिलो पात्र हो, जब कर्णालीको पुल बन्यो । हामी भारतको बाटो हुँदै राजधानी काठमाडौँ जान्थ्यौँ,’ नेता रसायलीले भने ।  

रसायलीले कांग्रेसबाहेकका राजनीतिक दलहरूलाई समस्याका रूपमा चित्रित गर्दै कांग्रेस पार्टी र पार्टी सभापति देउवा समाधान भएको पनि जिकिर गरे। 

‘नेपाली कांग्रेस पार्टी समस्या होइन, समस्या राजा हो, समस्या माओवादी हो । समस्या एमाले हो, समस्या नेपालका मधेशवादी दलहरू हुन्,’ केन्द्रीय सदस्य रसायलीले भने, ‘नेपाली कांग्रेस पार्टी समाधान हो । हाम्रो सभापति समाधान हो ।’

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ४ : २१ बजे

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको