माध्यमिक शिक्षा परीक्षामा अनियमितता गर्नेलाई कारवाही हुन्छ : मुख्यमन्त्री सिंह « Khabarhub

माध्यमिक शिक्षा परीक्षामा अनियमितता गर्नेलाई कारवाही हुन्छ : मुख्यमन्त्री सिंह


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले यही चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मर्यादित तथा व्यवस्थित गराउनका लागि सम्बन्धित  निकायले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । 

उनले यदी कसैबाट अनियमितता गरेको पाइएमा कानुनअनुसार कडा कारबाही हुने स्पष्ट पारेका छन्। मधेस प्रदेशको शिक्षा निर्देशनालय जनकपुरधामद्वारा आज जनकपुरधाममा आयोजित माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा प्रदेशस्तरीय  एकदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले त्यस्तो निर्देशन दिएका हुन्।

मधेस प्रदेशको आठ जिल्लामा उक्त परीक्षामा ८८ हजार ८५८ जना परीक्षार्थी रहेको जानकारी दिँदै मुख्यमन्त्री सिंहले परीक्षार्थीबाट परीक्षाहलमा मोबाइल फेला परेमा जफत गर्नुपर्ने निर्देशन दिए। साथै उनले माध्यमिक शिक्षाको केन्द्राध्यक्षको छनोटमा भेदभाव नराखी गोलाप्रथाबाट छनोट गर्नुपर्नेसमेत बताए। 

मुख्यमन्त्री सिंहले गुणस्तरीय शिक्षाका लागि परीक्षा पनि शान्तिपूर्वक तथा मर्यादित र भयरहित वातावरणमा सञ्चालन हुनुपर्ने बताउँदै बदमासी गरेको पाइएमा परीक्षामा खटिने शिक्षक तथा कर्मचारी समेतलाई कारबाही हुने स्पष्ट गरे ।

विगतमा माध्यमिक शिक्षा परीक्षामा हुने चिट चोरी तथा अमर्यादित अब नहुने त्यस्तो भएमा सम्बन्धित सबै निकायलाई कारबाही हुने उनको भनाइ थियो । 

सोही अवसरमा मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले विगतमा मधेसमा हुने गरेको माध्यमिक शिक्षा परीक्षामा चिट चोरीको इतिहासलाई रोक्नका लागि सबैले सहयोग गर्नुपर्ने आग्रह गरे।

उनले परीक्षाहलमा फेला परेको मोबाइल जफत गर्नुपर्ने तथा फिर्ता गर्न नहुने  सम्बन्धित निकायलाई निर्देशनसमेत दिए। साथै यस वर्षको माध्यमिक शिक्षा परीक्षालाई मर्यादित बनाएर नमूनाका रुपमा उदाहरणीय बनाउनुपर्ने बताए। 

मधेस प्रदेशका प्रमुख सचिव मदन भुजेलले विभिन्न जिल्लामा भएको माध्यमिक शिक्षा परीक्षाबारे अनुभव सुनाउँदै मधेस प्रदेशमा यही चैत ७ गतेदेखि हुने परीक्षालाई जिल्ला शिक्षा इकाइका कर्मचारी तथा सुरक्षा निकायले गम्भीर भएर मर्यादित बनाउनुपर्ने आग्रह गरे। 

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । 

सो शिक्षा विकास निर्देशनालयका अनुसार यही चैत ७ गतेदेखि मधेस प्रदेशको आठ जिल्लामा हुने सो परीक्षामा  ८८ हजार ८५८ परीक्षार्थी, परीक्षा केन्द्र सङ्ख्या ३१२ तथा परीक्षामा सहभागी विद्यालय सङ्ख्या एक हजार २३१ तथा परीक्षामा खटिने कर्मचारीको सङ्ख्या १२ हजार २४२ र सुरक्षाकर्मीको सङ्ख्या चार हजार ५८० रहने बताइएको छ । 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ४ : ३२ बजे

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौँ – जलवायु न्याय, हानि तथा क्षतिको क्षतिपूर्ति र पर्याप्त

लामिछाने दम्पतीले दिए उदाउँदो सूर्यलाई अर्घ्य

जनकपुरधाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उहाँकी

पूर्वसूचनालाई विपद् पूर्वतयारीसँग जोड्न महासचिव चापागाईंको आह्वान

काठमाडौँ- रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव जगन चापागाईंले प्राकृतिक

माग बढेपछि ‘थारू आलुखेती’ विस्तार गर्दै किसान

बर्दिया– स्वादिलो, लामो समयसम्म भण्डारण गर्न सकिने र बजारमा राम्रो

रैथाने बासमती धान लोपोन्मुख अवस्थामा

उदयपुर– कुनै समय उच्च गुणस्तर र विशिष्ट बास्नाका कारण पहिचान