स्ववियु निर्वाचन : सिन्धुपाल्चोकमा कांग्रेस-एमाले गठबन्धन « Khabarhub

स्ववियु निर्वाचन : सिन्धुपाल्चोकमा कांग्रेस-एमाले गठबन्धन


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका विद्यार्थी संगठनहरूले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सिन्धुपाल्चोकमा चुनावी गठबन्धन गर्ने निर्णय गरेका छन् । 

कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिन्धुपाल्चोकले चैत ५ गते हुन गइरहेको त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्ववियु निर्वाचनमा गठनबन्धन गर्ने निर्णय गरेका हुन् । 

नेविसंघका जिल्ला अध्यक्ष पवन घोरासैनी र अनेरास्ववियु अध्यक्ष रविन वाईबा तामाङबीच सिन्धुपाल्चोकका १२ वटा क्याम्पसमध्ये ६-६ क्याम्पसमा नेतृत्व लिने सहमति भएको छ । 

उनीहरूबीच सभापति लिने संगठनले सचिव र कोषाध्यक्ष नलिने र सदस्यहरू बराबरी बाँडफाँड गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।  

सहमति पत्रमा संगठनको समानुपातिक मतभार नरही निर्वाचनमा सभापति लिइएको संगठनबाट सह-सचिव पदमा र सचिव, कोषाध्यक्ष लिएको संगठनबाट उपाध्यक्ष पदमा मनोनीत गरिने उल्लेख छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ४ : ५९ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने