विषम परिस्थितिमा साथ दिएका नागरिक कांग्रेससँग असन्तुष्ट छन् : गगन थापा  « Khabarhub

विषम परिस्थितिमा साथ दिएका नागरिक कांग्रेससँग असन्तुष्ट छन् : गगन थापा 


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिको विषम परिस्थितिमा कांग्रेसलाई साथ दिएका नागरिकमा असन्तुष्टि देखिएको बताएका छन् । 

कैलालीको धनगढीमा शनिबार आयोजित कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको उद्‌घाटन समारोह सम्बोधनका क्रममा उनले माओवादीबाट लखेटिँदा र तत्कालीन राजा ज्ञानेन्द्र शाहले अधिकार खोस्दा कांग्रेसलाई साथ दिएका जनता अहिले पार्टीका प्रति असन्तुष्ट देखिएका बताएका हुन् । 

‘जसले ०६० सालमा माओवादीले लखेटेको बेलामा हामीलाई साथ दिए । जसले राजाले अधिकार खोसेको बेलामा हामीलाई साथ दिए । जसले संविधान सभा असफल भएको बेलामा हामीलाई साथ दिए । ती नागरिकमा आज असन्तुष्टि देखिएको छ,’ महामन्त्री थापाले भने । 

थापाले विगतमा कांग्रेसलाई साथ दिएका नागरिकमा असन्तुष्टि सिर्जना हुनुको कारणका बारेमा पनि समारोहमा खुलस्त पारे ।  

‘असन्तुष्टि किन देखिएको छ, उनीहरू के भनिरहेका छन् ?,’ थापाले भने, ‘उनीहरू भनिरहेका छन्– तिमीले व्यवस्था बदल्छु भन्यौँ, तिमीलाई मैले साथ दिएँ । तिमीलाई अहिले पनि म विश्वास गर्छु । तर, मेरो प्रश्न छ, तिमीले व्यवस्था बदलिसकेपछि मेरो अवस्था बदलिन्छ भन्यौ । तिमीले भनेको जस्तो मेरो अवस्था बदलिएको छैन । न बदलिने छाँटकाँट देखिएको छ ।’

महामन्त्री थापाले कांग्रेसलाई सहयोग गरेको नागरिकको असन्तुष्टिलाई प्रयोग गरेर राजावादीहरूले ‘आक्रोशको आगोमा रोटी सेक्न’ चाहेको पनि टिप्पणी गरे ।

‘नागरिकहरूको यो असन्तुष्टिलाई, यो असन्तुष्टिबाट सिर्जना भएको आक्रोशको आगोलाई प्रयोग गरेर एकथरी जसले यो व्यवस्था आओस् भनेर कहिले चाहेकै थिएन, उनीहरू आगोमा रोटी सेक्न चाहन्छन्,’ महामन्त्री थापाले भने, ‘यसमा हामीले अचम्म मान्नुपर्ने कुरा केही छैन ।’

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ५ : २१ बजे

बालाजुमा सडक पिच गर्ने चटारो (तस्बिरहरू)

काठमाडौं– चोकदेखि प्रहरी चौकीसम्मको सम्पूर्ण सडक कालोपत्र सम्पन्न भएको छ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

स्वास्थ्य बीमा : अब काभ्रेका आठ अस्पतालबाट सेवा

काभ्रे– स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका आठ अस्पतालबाट प्रथम सेवा प्रदान

वैदेशिक रोजगारीमा रहेकालाई आजदेखि रिलायन्सको साधारण सेयर बिक्री

काठमाडौं– वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स