देउवा भन्छन्- कांग्रेस एक भए आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउन सकिन्छ « Khabarhub

देउवा भन्छन्- कांग्रेस एक भए आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउन सकिन्छ


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक प्रणालीका कारण कुनै एक दलको एकल बहुमत प्राप्त गर्न सहज नभएको बताएका छन् । 

कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको प्रथम सम्मेलनको धनगढीमा उद्घाटन गर्दै उनले एकल बहुमत प्राप्त गर्ने अवस्था नभएका कारण कसै न कसैसँग चुनावी गठबन्धन गर्नुपर्ने अवस्था आउने बताए । 

‘हाम्रो संविधान समावेशी संविधान छ । समानुपातिक प्रणालीको आधारमा समावेशी संविधान छ । राष्ट्र नै समावेशी पद्धतिमा चलेको छ,’ सभापति देउवाले भने, ‘यस कारण कुनै पनि पार्टीको प्रत्यक्ष बहुमत प्राप्त गर्न धेरै सजिलो छैन । कुनै न कुनै पार्टी सित गठबन्धन गर्नुपर्ने हुन्छ । ठूलो भएता पनि हामीसित बहुमत छैन । भोलि पनि हुने सम्भावना कम छ ।’

सभापति देउवाले कांग्रेस सच्चा मानेमा एक भए आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउन सकिने पनि बताए । ‘एक भएर लागेको खण्डमा, सच्चा मानेमा एक हुन सकेको खण्डमा एक्लै बहुमत प्राप्त गर्न सक्दछ,’ उनले भने, ‘त्यसकारण सबै साथीभाइलाई आफ्नो मतभेद, आपसी असमझदारीलाई, प्रतिस्पर्धालाई एउटा पाटोमा राखेर, प्रतिस्पर्धा हुन आवश्यक छ । तर, त्यसैबाट पार्टीलाई हानी हुने काम गर्नु हुँदैन । पार्टीलाई एक गर्न सकेको खण्डमा हाम्रो पार्टी बहुमत प्राप्त गर्न सक्छ ।’

सभापति देउवाले पार्टीलाई एकताबद्ध बनाउने कामको सुरुवात गृह प्रदेश सुदूरपश्चिमबाट होस् भन्ने आफ्नो चाहना रहेको पनि बताए । ‘सुदूरपश्चिमबाट यसको सुरुवात होस् भन्न चाहन्छु,’ उनले भने ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ५ : ५४ बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–