सिरियामा अलावी र अन्य अल्पसङ्ख्यकमाथि आक्रमण अर्थहीन : इरान « Khabarhub

सिरियामा अलावी र अन्य अल्पसङ्ख्यकमाथि आक्रमण अर्थहीन : इरान


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानको विदेश मन्त्रालयले लामो समयदेखि तेहरानको सहयोगी रहेका राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गर्ने समुदाय अलावीसहित सिरियामा रहेका अल्पसङ्ख्यक समुदायमाथि आक्रमण गर्नुको कुनै औचित्य नरहेको बताएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता इस्माइली बाकाईले साप्ताहिक पत्रकार भेटका क्रममा भने, ‘अलावी, क्रिश्चियन, ड्रुज र अन्य अल्पसङख्यक समुदाय बसोबास गर्ने केही भागमा भएको आक्रमणको कुनै औचित्य छैन, जसले यस क्षेत्रका र अन्तर्राष्ट्रिय रूपमा दुवै देशको भावना र अन्तस्करणलाई वास्तवमै चोट पुर्‍याएको छ ।

नयाँ सुरक्षा बल र पूर्व असद सरकारका बफादारहरूको गत बिहीबार सुरु भएको तनावपछि झडप सुरु भएको थियो।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मोनिटर’का अनुसार सिरियामा अलावी अल्पसङ्ख्यक समुदायको तटीय क्षेत्रमा ९७३ जना सर्वसाधारणको मृत्यु भएको थियो ।

संस्थाका अनुसार यस भिडन्तमा सयौँ सुरक्षाकर्मीका साथै असद समर्थक लडाकुको पनि मृत्यु भएको छ भने मृत्यु हुनेको सङ्ख्या सोमबारसम्म एक हजार ३०० नाघेको छ ।

सिरियाका वर्तमान अन्तरिम राष्ट्रपति अहमद अल–साराको नेतृत्वकोसुन्नी इस्लामिक समूह हयात तहरीर अल–शाम (एचटीएस) को नेतृत्वमा विद्रोही सेना दमास्कसमा प्रवेश गरेपछि पूर्व राष्ट्रपति असद डिसेम्बरमा सिरियाबाट मस्कोतर्फ भागेका थिए । 

तेहरानले देशको लामो गृहयुद्धको समयमा असदलाई समर्थन गर्न मद्दत गरेको थियो र उहाँलाई सैन्य सल्लाहकारहरू प्रदान गरेको थियो ।

एएफपीसँगको अन्तर्वार्तामा इरानका विदेशमन्त्री अब्बास अराघचीले एचटीएसले कब्जा गरेदेखि नै तेहरान सिरियाको अवस्थाबारे निगरानी गरिरहेको बताएका छन् ।
 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ६ : ०२ बजे

महिला श्रमिकको पीडा : न सुरक्षा, न समान ज्याला

काठमाडौं– अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक, विशेष गरी महिला श्रमिकहरूले सरकार

आगलागीबाट एक महिनामा आठ जनाको मृत्यु 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा

नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई

जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

नवनियुक्त चार मन्त्रीले लिए शपथ, अन्तरिम सरकार अब १४ सदस्यीय

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शुक्रबार चारजना मन्त्री थपिएका