सिरियामा अलावी र अन्य अल्पसङ्ख्यकमाथि आक्रमण अर्थहीन : इरान « Khabarhub

सिरियामा अलावी र अन्य अल्पसङ्ख्यकमाथि आक्रमण अर्थहीन : इरान


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानको विदेश मन्त्रालयले लामो समयदेखि तेहरानको सहयोगी रहेका राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गर्ने समुदाय अलावीसहित सिरियामा रहेका अल्पसङ्ख्यक समुदायमाथि आक्रमण गर्नुको कुनै औचित्य नरहेको बताएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता इस्माइली बाकाईले साप्ताहिक पत्रकार भेटका क्रममा भने, ‘अलावी, क्रिश्चियन, ड्रुज र अन्य अल्पसङख्यक समुदाय बसोबास गर्ने केही भागमा भएको आक्रमणको कुनै औचित्य छैन, जसले यस क्षेत्रका र अन्तर्राष्ट्रिय रूपमा दुवै देशको भावना र अन्तस्करणलाई वास्तवमै चोट पुर्‍याएको छ ।

नयाँ सुरक्षा बल र पूर्व असद सरकारका बफादारहरूको गत बिहीबार सुरु भएको तनावपछि झडप सुरु भएको थियो।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मोनिटर’का अनुसार सिरियामा अलावी अल्पसङ्ख्यक समुदायको तटीय क्षेत्रमा ९७३ जना सर्वसाधारणको मृत्यु भएको थियो ।

संस्थाका अनुसार यस भिडन्तमा सयौँ सुरक्षाकर्मीका साथै असद समर्थक लडाकुको पनि मृत्यु भएको छ भने मृत्यु हुनेको सङ्ख्या सोमबारसम्म एक हजार ३०० नाघेको छ ।

सिरियाका वर्तमान अन्तरिम राष्ट्रपति अहमद अल–साराको नेतृत्वकोसुन्नी इस्लामिक समूह हयात तहरीर अल–शाम (एचटीएस) को नेतृत्वमा विद्रोही सेना दमास्कसमा प्रवेश गरेपछि पूर्व राष्ट्रपति असद डिसेम्बरमा सिरियाबाट मस्कोतर्फ भागेका थिए । 

तेहरानले देशको लामो गृहयुद्धको समयमा असदलाई समर्थन गर्न मद्दत गरेको थियो र उहाँलाई सैन्य सल्लाहकारहरू प्रदान गरेको थियो ।

एएफपीसँगको अन्तर्वार्तामा इरानका विदेशमन्त्री अब्बास अराघचीले एचटीएसले कब्जा गरेदेखि नै तेहरान सिरियाको अवस्थाबारे निगरानी गरिरहेको बताएका छन् ।
 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ६ : ०२ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग