घरमा मनी प्लान्ट रोप्दा साँच्चिकै धन कमाउन मद्दत गर्छ ? « Khabarhub

घरमा मनी प्लान्ट रोप्दा साँच्चिकै धन कमाउन मद्दत गर्छ ?


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वास्तुशास्त्रका अनुसार घरमा मनी प्लान्ट रोप्दा जीवनमा सुख र समृद्धि आउने भएकाले यसलाई सकारात्मक ऊर्जा भएको बोट मानिन्छ । साथै, मनी प्लान्टलाई धन ल्याउने बिरुवा पनि मानिन्छ ।

मनी प्लान्ट चोरेर रोप्ने कि किनेर पनि रोप्ने भन्ने प्रश्न मनमा धेरै पटक आउँछ ।

तपाइले पक्कै सुन्नु भएको होला कि मनी प्लान्टलाई राम्रो सुख शान्ति र संवृद्धिले भरिपूर्ण भएको घरबाट चोरी गरेर रोप्दा धन लाभ हुन्छ भन्ने । 

यही कुरालाई ध्यानमा राखेर धेरैजसो मानिसहरू पैसा र अन्नको अभाव नभएका घरबाट मनी प्लान्ट चोर्न रुचाउँछन् । यस्ता सुनौलो कुरा बाहेक कहिलेकाहीँ मनमा प्रश्न आउँछ कि चोरी गरेर मनी प्लान्ट रोप्दा साँच्चै धन आर्जनको सम्भावना हुन्छ ?

घरमा मनी प्लान्ट रोप्नुभयो भने के हुन्छ ?

वास्तुशास्त्रका अनुसार केही यस्ता बिरुवाहरू छन् जसलाई घरमा रोप्दा सुख र समृद्धि प्राप्त हुन्छ । यी बिरुवाहरूको ऊर्जाले घरमा सकारात्मक ऊर्जालाई नियन्त्रण गर्न र आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यी बिरुवाहरू मध्ये मनी प्लान्टको नाम पनि समावेश छ जसले घरमा सकारात्मक वातावरण ल्याउँछ।

मनी प्लान्ट ऊर्जाले भरिएको छ। घरमा मनी प्लान्ट लगाउनाले सकारात्मक ऊर्जा बढ्छ । यसका साथै यो बिरुवालाई सुख र समृद्धि बढाउन पनि महत्त्वपूर्ण मानिन्छ ।

मनी प्लान्ट चोरेर मात्रै रोप्ने ?

घरमा मनी प्लान्ट लगाउनु धेरै हिसाबले शुभ मानिन्छ तर जब घरमा गोप्य रूपमा मनी प्लान्ट लगाउने कुरा आउँछ भने त्यसबाट बच्नुपर्छ । वास्तुशास्त्रका अनुसार मनी प्लान्ट चोरी गरेर हामी यसको ऊर्जालाई नकारात्मक ऊर्जामा परिणत गर्छौँ, किनकि कुनै पनि प्रकारको चोरीलाई सही भन्न सकिँदैन ।

खराब कर्मको शक्ति सधैँ नकारात्मक हुन्छ, त्यसैले वास्तुशास्त्र अनुसार चोरी गरेर मनी प्लान्ट रोप्नु हुँदैन ।

पैसाले किनेपछि मात्र मनी प्लान्ट रोप्नुहोस्

वास्तुशास्त्र अनुसार मनी प्लान्ट पैसाले मात्रै किनेर रोप्नुपर्छ । यसले जीवनमा सकारात्मक ऊर्जा मात्र नभई देवी लक्ष्मीको आशीर्वाद पनि कायम राख्छ। वास्तुशास्त्रका अनुसार मनी प्लान्ट रोप्ने सबैभन्दा शुभ समय बिहान वा साँझ हो।

यदि तपाई मुख्यतया धनको लागि मनी प्लान्ट रोप्दै हुनुहुन्छ भने शुक्रबारको दिन मनी प्लान्ट लगाउनु एकदमै शुभ मानिन्छ।

मनी प्लान्टले जमिन छुनु हुँदैन

वास्तु शास्त्रका अनुसार घरमा रहेको मनी प्लान्टको बेलले जमिन छुन थाल्यो भने तुरुन्तै माथि उठाउनुहोस् । मनी प्लान्ट देवी लक्ष्मीसँग सम्बन्धित मानिन्छ, त्यसैले जमिन छुँदा नकारात्मक ऊर्जा बढ्छ।

मनी प्लान्ट जमिन छुनु शुभ मानिँदैन, त्यसैले यदि तपाईँको घरमा मनी प्लान्ट धेरै ठुलो भई भुईँमा झुन्डिन थालेको छ भने त्यसलाई डोरीको सहायताले भित्तामा टाँस्नुहोस् । यसो गर्दा मनी प्लान्टको मुना भित्तामा चढ्नेछ। -नवभारत टाइम्सबाट साभार

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ६ : ४५ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका