‘सरकारका कारण प्रतिक्रियावादीहरूले टाउको उठाउने मौका पाए’ « Khabarhub

‘सरकारका कारण प्रतिक्रियावादीहरूले टाउको उठाउने मौका पाए’


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका कारण प्रतिक्रियावादीहरूले टाउको उठाउने मौका पाएको टिप्पणी गरेका छन् ।

सिंहदरबारमा सोमबार बसेको समाजवादी मोर्चाको बैठकको तयारीसम्बन्धी छलफलपछि अध्यक्ष प्रचण्डले सरकारका कारण जनतामा निराशा छाएको र त्यसैलाई प्रतिक्रियावादीले फाइदा उठाउन खोजेको टिप्पणी गरेका हुन् । यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ छ ।

प्रचण्डले सरकारको समस्या समाधानमा सरकारको ध्यान केन्द्रीत हुन नसकेको र सेटिङमा व्यस्त रहेको आरोप लगाए। गणतन्त्रवादीहरू एक भएर अघि बढ्ने विषयमा सल्लाह भइरहेको उनको भनाइ छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधानदेखि परिवर्तनसम्मलाई सिध्याउन खोज्ने गतिविधि निन्दनीय रहेको भन्दै इतिहासको रथ पछाडि फर्कन नसक्ने बताए। उनले मुलुक र जनताको हित राजसंस्थाबाट सम्भव नरहेको जिकिर गरे ।

नेपाल समाजवादीका नेता गंगा नारायण श्रेष्ठले  समाजवादी मोर्चाको बैठक बोलाउनका लागि तयारी स्वरुप छलफल भएको बताए । उनले देश अप्ठेरो अवस्थामा धकिलिरहेको अवस्थामा समाजवादी मोर्चाका तर्फबाट शसक्त कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनले समाजवादी मोर्चाको बैठक मंगलबार बस्ने र आगामी कार्यक्रम तय गर्ने बताए ।
 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ६ : ५५ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने