‘सरकारका कारण प्रतिक्रियावादीहरूले टाउको उठाउने मौका पाए’ « Khabarhub

‘सरकारका कारण प्रतिक्रियावादीहरूले टाउको उठाउने मौका पाए’


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका कारण प्रतिक्रियावादीहरूले टाउको उठाउने मौका पाएको टिप्पणी गरेका छन् ।

सिंहदरबारमा सोमबार बसेको समाजवादी मोर्चाको बैठकको तयारीसम्बन्धी छलफलपछि अध्यक्ष प्रचण्डले सरकारका कारण जनतामा निराशा छाएको र त्यसैलाई प्रतिक्रियावादीले फाइदा उठाउन खोजेको टिप्पणी गरेका हुन् । यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ छ ।

प्रचण्डले सरकारको समस्या समाधानमा सरकारको ध्यान केन्द्रीत हुन नसकेको र सेटिङमा व्यस्त रहेको आरोप लगाए। गणतन्त्रवादीहरू एक भएर अघि बढ्ने विषयमा सल्लाह भइरहेको उनको भनाइ छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधानदेखि परिवर्तनसम्मलाई सिध्याउन खोज्ने गतिविधि निन्दनीय रहेको भन्दै इतिहासको रथ पछाडि फर्कन नसक्ने बताए। उनले मुलुक र जनताको हित राजसंस्थाबाट सम्भव नरहेको जिकिर गरे ।

नेपाल समाजवादीका नेता गंगा नारायण श्रेष्ठले  समाजवादी मोर्चाको बैठक बोलाउनका लागि तयारी स्वरुप छलफल भएको बताए । उनले देश अप्ठेरो अवस्थामा धकिलिरहेको अवस्थामा समाजवादी मोर्चाका तर्फबाट शसक्त कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनले समाजवादी मोर्चाको बैठक मंगलबार बस्ने र आगामी कार्यक्रम तय गर्ने बताए ।
 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ६ : ५५ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग