राप्रपाले भन्यो- राजालाई पनि अटाउने नयाँ समझारी गर्न दलहरू तयार हुनुपर्छ « Khabarhub

राप्रपाले भन्यो- राजालाई पनि अटाउने नयाँ समझारी गर्न दलहरू तयार हुनुपर्छ


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले अब राजासहितको नयाँ समझदारीमा जानुपर्ने निष्कर्ष निकालेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

राप्रपाले पूर्वराजालाई राजाकै संज्ञा दिँदै उनको सम्मान र स्वागतको कार्यक्रममा सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ।

‘राजा’को स्वागतमा ठूलो संख्यामा विमानस्थल र सडकमा उपस्थित आमनागरिकमा राप्रपा हार्दिक धन्यवाद एवम् कृतज्ञता ज्ञापन गर्दछ’, बैठकपछि राप्रपा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले भनेका छन्, ‘आमनागरिकको विशाल र उत्साहजनक उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको छ।’

राप्रपाले आमनागरिकको चाहना, देशको आवश्यकता, सडकमा प्रतिबिम्वित जनभावनाअनुरुप मुलुकलाई निकास दिन अब नयाँ समझदारीमा जानुपर्ने जनाएको छ।

‘कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि ‘नवीन समझदारी’ गर्न राप्रपा सबै राजनीतिक दललाई आह्वान गर्दछ’, वक्तव्यमा भनिएको छ, ‘यसका लागि आवश्यक संवादको थालनी गर्नसमेत राप्रपा सबै राजनीतिक दललाई आग्रह गर्दछ ।’

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ८ : ०८ बजे

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि

राष्ट्रियसभा : ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक’ पारित

काठमाडौं– राष्ट्रियसभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक’ पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

चितवन– केराको उत्पादन बढेसँगै उचित मूल्य नपाएपछि चितवनका किसान मर्कामा

मौसमको अवस्था हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुला गरिने

काठमाडौं– यातायात व्यवस्था विभागले प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दसैँको