शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा « Khabarhub

शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष लक्ष्मण किशोर सुवेदीले पहिलो चरणको आन्दोलनका माग सुनुवाइ नभएकाले दोस्रो चरणको आन्दोलन गर्नुपरेको बताउनुभयो । महासङ्घले यही फागुन २४ गते पहिलो चरणको आन्दोलन गरेको थियो । विद्यालय शिक्षा विधेयक छिटो अगाडि नबढेकामा महासङ्घको आपत्ति छ ।

महासङ्घका अध्यक्ष सुवेदीले स्थायी, राहत, साविक उच्च मावि, अस्थायी, करार, बालविकास, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार, निजी तथा संस्थागत विद्यालयका शिक्षकलगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीको मुख्य मुद्दा शिक्षा ऐनबाट सम्बोधन हुनुपर्ने र विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारीमैत्री ऐन ल्याउने विषयमा आफूहरूको गम्भीर चासो रहेको बताए ।

उनका अनुसार दोस्रो चरणको आन्दोलनअन्तर्गत प्रमुख राजनीतिक दलका कार्यालयमा प्रतिनिधिमूलक धर्ना कार्यक्रम राखिएको छ । जसअनुसार फागुन २७ देखि चैत ५ गतेसम्म नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीलगायत प्रमुख राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिइने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले बताए ।

आन्दोलनकै क्रममा हरेक जिल्ला आन्दोलन परिचालन समितिले आफ्नो जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदसँग भेट गरी विद्यालय शिक्षा ऐन जारी गर्न दबाब सिर्जना गर्ने उनले बताए ।

यस्तै अध्यक्ष सुवेदीले चैत ५ गतेसम्म माग पूरा नभए चैत ७ गतेदेखि चैत १५ गतेसम्म काठमाडौँमा रिले अनसन र चैत २० गतेबाट अनिश्चितकालीन सडक आन्दोलनका कार्यक्रम अगाडि बढाइने बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १० : ३८ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।