राजस्थानविरुद्ध ५८ रनको शानदार जित निकाल्दै गुजरात आईपीएलको शीर्ष स्थानमा « Khabarhub

राजस्थानविरुद्ध ५८ रनको शानदार जित निकाल्दै गुजरात आईपीएलको शीर्ष स्थानमा


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटानको सनसनी पूर्ण प्रदर्शन कायम नै रहेको छ। बुधबार भएको खेलमा गुजरातले राजस्थान रोयललाई ५८ रनले हरायो।

२१८ रनको लक्ष्य पछ्याएको राजस्थान ४ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १५९ रनमा सीमित भयो।

राजस्थानका सिम्रन हटमायरले ३२ बलमा ५२ तथा सञ्जु सामसनले २८ बलमा ४१ रन जोडे। रियान परागले २६ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन्।

राजस्थानलाई सस्तोमा समेट्ने क्रममा प्रसिद्ध कृष्णले सानदार बलिङ गरे। उनले चार ओभरमा २४ रन दिएर तीन विकेट लिए। रसिद खान र साई किशोरले समान दुईदुई विकेट लिए। स्टार स्पिनर खान रहेको टिममा यस सिजन उनी भन्दा प्रसिद्ध कृष्ण र सुदर्शन छाएका छन्।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले ६ विकेटको क्षतिमा २१७ रनको योगफल खडा गरेको थियो।

गुजरातका लागि साई सुदर्शनले ५३ बलमा ८२ रन जोडे। उनको पारीमा आठ चौका र तीन छक्का समावेश थियो। जोस बटलर र साहरुख खानले ३६ रन जोडे। राहुल टेबटियाले १२ बलमा २४ र रसिद खानले चार बलमा १२ रन जोडे। सुदर्शन प्लेयर अफ द म्याच घोषित भए।

तुसार देश पाण्डे र महेश थक्सेनाले समान दुई विकेट लिए पनि उनीहरू अत्यन्त महँगो साबित भए। पाण्डेले ५३ तथा थक्सेनाले ५४ रन खर्चिए। लगातार चौथो जित हात पारेको गुजरात आठ अङ्कसहित शीर्ष स्थानमा उक्लेको छ। राजस्थान चार अङ्कसहित सातौँ स्थानमा छ।

यो खेलपछि लखनउ सुपर जायन्ट्सका निकोलास पुरणलाई पछ्याउदैं सुदर्शन धेरै रन प्रहार गर्ने खेलाडीको सूचीको दोस्रो स्थानमा आफूलाई राखेका छन्। पुरणले २८८ तथा सुदर्शनले २७३ रन प्रहार गरेका छन्।

गुजरातका साइ किशोर र मोहम्मद सिराजले १० विकेट लिएका छन्। प्रसिद्ध कृष्णले आठ विकेट लिएका छन्।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ६ : १४ बजे

एउटै वडाबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ- तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा

पर्सामा कारबाट बरामद भयो एक क्वीन्टल बढी गाँजा, दुई जना पक्राउ

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले १०४ केजीभन्दा बढी गाँजा बरामद

बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार गरेको कसुरमा नेपालका ढकाललाई २५ वर्ष जेल सजाय

काठमाडौँ– बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार तथा यौन

मार्तडी आगलागीबाट २ करोड क्षतिको अनुमान

बाजुरा- बाजुराको सदरमुकाम मार्तडीमा एक डिपार्टमेन्ट पसलमा आगलागी हुँदा २

मनास्लु घुम्न आउने पर्यटकबाट चुमनुब्री गाउँपालिकाले गर्‍यो ८० लाख आम्दानी

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप) आउने