लुम्बिनी कप महिला फुटबल वैशाख ५ देखि, आठ समूहले खेल्ने « Khabarhub

लुम्बिनी कप महिला फुटबल वैशाख ५ देखि, आठ समूहले खेल्ने


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बाँके– लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा आगामी वैशाख ५ गतेदेखि नेपालगञ्जमा सुरु हुने भएको छ ।

प्रतियोगितामा नेपालका तीन विभागीय टोली, भारतको सिलगुडी फुटबल क्लबसहित आठ समूहको सहभागिता रहने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए ।

उनका अनुसार प्रतियोगितामा घरेलु टिम बाँके- ११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल सङ्घ समूहले प्रतिस्पर्धा गर्नेछन्।

बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टोलीले पाँच लाख पाँच हजार ५५५ र उपविजेता टोलीले दुई लाख ५० हजार, ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

हरेक खेलमा उत्कृष्ट खेलाडी र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने अन्तरालका कार्यकारी निर्देशक शाहले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिता हेर्नका लागि ‘सिजनल फुल प्याकेज’  एक हजार ५०० र विद्यार्थीका लागि सहुलियतमा टिकट व्यवस्था गरिएको छ । खेल हेर्नका लागि प्यारापिटअनुसार टिकटको व्यवस्था गरिएको छ ।

बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले पश्चिम नेपालमा महिला फुटबल खेलाडी उत्पादनमा लुम्बिनी कप महिला फुटबलले सहयोग गर्ने बताए ।

प्रतियोगिता बाँकेको नेपालगञ्ज रङ्गशालामा हुनेछ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ६ : ४९ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल