ट्रम्पको ट्यारिफ स्थगनको निर्णयपछि शेयर बजार चुलियो « Khabarhub

ट्रम्पको ट्यारिफ स्थगनको निर्णयपछि शेयर बजार चुलियो


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशमा लगाएको ट्यारिफको निर्णयबाट फिर्ता हुने निर्णय गरेपछि त्यहाँको शेयर मार्केट चुलिएको छ । यो निर्णयबाट पछि हटे पनि परम्परागत १० प्रतिशत आयात कर भने यथावतै रहेको छ ।

धेरै व्यापारिक साझेदारसँग वार्ताको क्रम जारी रहेका कारण बुधबार रातिबाट लगाइने भनिएको ट्यारिफको निर्णय हालका लागि स्थगित भए पनि चीनबाट अमेरिका पुग्ने सामानमा लगाइएको करको दायरा भने १२५ प्रतिशत हुने भएको छ ।

ट्रम्पको स्थगनको निर्णयपछि एस एन्ड पीको शेयर मार्केट ९.५ प्रतिशतले बढेको छ । लगातार केही दिन ओरालो लागेको शेयर मार्केटमा एकै दिनमा यो दरको वृद्धि सन् २००८ पछि पहिलो पटक भएको हो ।

विशेषज्ञले अन्य देशसँगको सम्बन्ध कायम गर्दै ट्रम्प आफ्नो निर्णयबाट पछि हट्ने अपेक्षा गरेका छन् । तथापि चीनसँगको सम्बन्ध सुमधुर हुनका लागि भने समय लाग्न सक्ने जनाइएको छ ।

एकै दिनमा नाइकको शेयरमा ११ प्रतिशतले वृद्धि भएको छ भने एप्पलको शेयरमा १५ प्रतिशतले वृद्धि भएको छ । ट्रम्पले यो स्थगनको निर्णय गर्नु अघि राष्ट्रिय रिटेल फेडरेसनले अमेरिकामा २० प्रतिशत मात्र सामान भित्रने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ७ : ०७ बजे

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती