बेल्जियमका लागि नेपाली राजदूत लम्सालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत « Khabarhub

बेल्जियमका लागि नेपाली राजदूत लम्सालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेल्जियम अधिराज्यका लागि नेपालकी राजदूत सेवा लम्सालले त्यहाँका नरेश फिलिपसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् ।

ब्रसेल्सस्थित राजदरबारमा बुधबार आयोजित विशेष समारोहमा लम्सालले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् ।

प्रमाणपत्र पेस गरेपछि बेल्जियमका नरेशसँग भएको शिष्टाचार भेटमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट मौसुफको सुख, सुस्वास्थ्यका साथै बेल्जियमका जनताको निरन्तर समृद्धिको कामना गरेको ब्रसेल्सस्थित नेपालको राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा नेपाल–बेल्जियम सम्बन्धका विविध पक्षका साथै दुई देशबीचको व्यापार, पर्यटन, लगानी, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउनेबारे विचारविमर्श भएको थियो ।

सन् १९९८ मा आफू युवराजधिराज रहँदा गरेको नेपाल भ्रमणको स्मरण गर्दै नरेश फिलिपले राजदूत लम्सालको कार्यकालमा बेल्जियम र नेपालबीचको सम्बन्ध अझ समृद्ध हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ७ : ५२ बजे

सैनिक मञ्च टुँडिखेलमा मनाइयो २६३ औँ स्थापना दिवस तथा शिवरात्रि

काठमाडौं– नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ

विश्वकपमा वेस्ट इन्डिजविरुद्ध नेपाल : २३ रन बन्दा चार विकेट गयो

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत वेस्ट इन्डिजविरुद्ध आइतबारको खेलमा नेपालले

एम्बुलेन्सको भाडा बढेपछि स्थानीयबाट विरोध

जुम्ला– जुम्लाबाट नेपालगञ्जसम्म जानका लागि एम्बुलेन्सको भाडा २५ हजार रुपैयाँ

नेपालले लगातार ब्याटर गुमायो, चार ओभरमै महत्त्वपूर्ण तीन विकेट

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत वेस्ट इन्डिजविरुद्ध आइतबारको खेलमा नेपालले

वेस्ट इन्डिजविरुद्ध १ रन जोडेर भुर्तेल सस्तैमा आउट

काठमाडौं– आईसीसी टी–२० विश्वकपमा अहिले नेपाल र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा