नेपालगञ्जका दुई वडामा आवासीय बीमा सुरु « Khabarhub

नेपालगञ्जका दुई वडामा आवासीय बीमा सुरु


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले वडा नम्बर ३ र ७ मा आवासीय घर बीमा कार्यक्रम सुरु गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बीमितलाई बिमाको प्रमाणपत्र हस्तान्तरण गरेर बुधबारदेखि आवासीय बीमा सुरु गरेका हुन् ।

उपमहानगरप्रमुख विष्टले आवासीय घर बीमा कार्यक्रमले विपद् जोखिममा रहेका परिवारलाई आर्थिक रूपले सशक्त बनाउन खोजिएको बताए । उनले विपद्पछि पनि परिवारमा थप पीडा नहोस् भनेर न्यून आय भएका परिवारलाई लक्षित गरेर आवासीय बीमा कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

‘भूकम्प, बाढी तथा डुबान, आगलागीबाट हुन सक्ने जोखिमलाई यसले ठूलो राहत दिन सक्छ,’ उनले भने ।  विपद् जोखिम न्यूनीकरणका लागि सुरु गरिएको यस कार्यक्रममा पहिलो चरणमा दुई वडाका करिब ७५० घरमध्ये १५१ समावेश हुनेछन् । दुई वडामध्ये नेपालगञ्ज- ३ का १०९ र ७ का ४२ घर समेटिएका छन् ।

उपमहानगरपालिका विपद् व्यवस्थापन समिति संयोजक समीरप्रताप सिंहले विपद् दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्रका वडामा आवास बीमा कार्यक्रम अगाडि बढाइएको बताए । आवासीय घर बीमाका लागि उपमहानगरपालिकाले १५ लाखसम्मको बीमा गर्दा प्रिमियम तिरिदिने तथा १५ लाखभन्दा माथिको हकमा व्यक्ति स्वयंले प्रिमियम तिर्नुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

पन्ध्र लाखको बीमा गर्दा ५८४ प्रिमियम पर्दछ । त्यसका लागि राष्ट्रिय बीमा कम्पनीसँग सहकार्य गरिएको छ । राष्ट्रिय बीमा कम्पनी नेपालगञ्जका प्रबन्धक नवीन शर्मा पौडेलले बीमा भएका घरमा मृत्यु, घाइते वा घरमा क्षति भएको हकमा अलग अलग बीमा हुने जानकारी दिए ।

पालिकाको वडा नम्बर ३ र ७ मा आवासीय घरको घनत्व बढी हुँदा बाटो साँघुरो र पुरानो बस्ती भएकाले विपद् जोखिम बढी छ । घर जीर्ण भएकाले ती स्थानबाट आवासीय घर बिमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको उपमहानगरपालिकाले जनाएको छ । यहाँ सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) सञ्चालनमा छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ८ : ४० बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण