कुवेतविरुद्ध कुशल भुर्तेलको अर्धशतक « Khabarhub

कुवेतविरुद्ध कुशल भुर्तेलको अर्धशतक


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चारदेशीय टी–२० आई सिरिज अन्तर्गत बिहीबार बिहान जारी कुवेतविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

कुवेतले दिएको नेपाललाई १८६ रनको लक्ष्य पछ्याउनेक्रममा विष्फोटक ब्याटिङ गरेका कुशलले २६ बलमा पाँच चौका र चार छक्काको मद्दतमा अर्धशतक बनाएका हुन्। ९ ओभरको समाप्तिमा विना क्षति नेपालले ८८ रन बनाएको छ । अर्का ओपनर आशिफ शेखले २६ बलमा ३५ रन बनाएका छन्।

हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा टस जितेर सुरुमा फिल्ड रोजेको नेपालका बलरविरुद्ध कुवेतले सुरुको पाँच ओभर आक्रामक ब्याटिङ गरेको थियो । कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाउँदा मिट भासरले ३५, बिलाल ताहिरले ३२, रविजा सन्दारुवानले २६ रन जोडे ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिँदा नन्दन यादवले दुई विकेट हात पारे । ललित राजवंशी र कुशल भुर्तेलले एकएक विकेट हात पारे। नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरी महंगा सावित भए ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ९ : १६ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित