रास्वपा सचिवालय बैठक आज पनि बस्दै, केन्द्रीय समिति बैठक आह्वान « Khabarhub

रास्वपा सचिवालय बैठक आज पनि बस्दै, केन्द्रीय समिति बैठक आह्वान


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा दिउँसो बस्ने बताइएको छ । आजको बैठकमा वैशाखमा गरिने महाधिवेशन  र जनयात्राको सन्दर्भ छलफल हुने जनाइएको छ ।

यसअघि, बुधबार बसेको सचिवालय बैठकले पार्टी सभापति रवि लामिछानेको चैत २२ गते राति भएको गिरफ्तारी कानूनको उचित प्रक्रिया विपरीत रहेको ठहर गरेको छ ।

बैठकले उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश सम्मानपूर्वक स्वीकार गर्दै आफैँ गिरफ्तारी दिने सार्वजनिक घोषणा गरिसकेको अवस्थामा उच्चको आदेश कार्यान्वयनका लागि जिल्ला अदालतले प्रक्रिया सुरु नगर्दै हतार हतारमा गिरफ्तार गरिनु कानून विपरीत भएको ठहर गरेको हो ।

चैत २२ गते राति पक्राउ परेका लामिछानेलाई २५ गतेमात्र जिल्ला अदालत रूपन्देहीमा उपस्थित गराएर थुनुवा पुर्जी दिइएकाले उनको दुई दिन तीन रातको हिरासत बसाइ स्वतः अवैध रहेको पनि रास्वपाको दाबी छ ।

कानूनले निर्धारण गरेका आधारभूत कागजात र अदालतको आदेशसमेत नलिई प्रहरी घरमा प्रवेश गर्नु, सभापति लामिछानेले मागेपछि मात्रै ढिला गरी पत्र दिनु, उच्च अदालतले समेत आदेश गरिसकेको मुद्दामा अनुसन्धानका लागि भन्दै पक्राउ गर्नु र प्रहरीका उच्च अधिकारीले नै ‘अन्तिम इच्छा’ सोध्नुजस्ता क्रियाकलापले कानूनी शासनको धज्जी उडाएको रास्वपाको ठहर छ ।

उक्त घटनाले सभापति लामिछानेमाथि राज्यको निर्मम प्रतिशोध रहेको पुनः प्रमाणित भएको उल्लेख गर्दै रास्वपाले उक्त अमर्यादित एवं अमानवीय व्यवहारको भर्त्सना गरेको छ ।

बैठकमा लामिछानेमाथि राज्यको निर्मम प्रतिशोध रहेको र उनीमाथि भएको प्रहरी दमन र मानवअधिकार उल्लङ्घनका घटनाका सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगलाई सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न पार्टीको तर्फबाट प्रेसित गरेको पत्र प्रस्तुत गरिएको थियो ।

पार्टी केन्द्रीय समितिको बैठक आह्वान 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । बैठक आगामी बैशाख ४ गते केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेगरी बोलाइएको छ ।

बैठकमा बदलिँदो राजनीतिक परिस्थितिमा जनयात्रा कार्यक्रमको स्वरूप, राष्ट्रिय महाधिवेशन, पदाधिकारीहरूको प्रदेश हेर्ने जिम्मेवारी लगायतका विषयमा निर्णय लिइने नेता मनिष झाले जानकारी दिए । 

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ९ : ५७ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर