बाँकेमा हावाहुरीले पोल ढालेपछि बिजुली आपूर्ति अवरुद्ध « Khabarhub

बाँकेमा हावाहुरीले पोल ढालेपछि बिजुली आपूर्ति अवरुद्ध


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– गए राति आएको हुरीबतासले बाँकेको कोहलपुरमा ३३ केभी प्रसारण लाइनका तीन वटा पोल ढल्दा जिल्लाका केही ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । 

राति १०ः०० बजेदेखि अवरुद्ध भएको विद्युत् आपूर्ति व्यवस्था अहिलेसम्म हुन नसकेको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए ।

उनले विद्युत् आपूर्ति हुन अझै केही समय लाग्ने उल्लेख गर्दै मुख्य प्रसारण लाइनको काम सकिएपछि अन्य ठाउँको काम सुरु हुने बताए । ‘सबै ठाउँको विवरण सङ्कलन भइरहेको छ र यसका लागि अझै केही समय लाग्छ’, उनले भने ।

खराब मौसमका कारण ३३ केभी प्रसारण लाइनका ‘टावर’मा असर पर्न गएकाले विद्युत् प्रवाहका लागि काम भइरहेको जानकारी दिँदै लामिछानेले कहाँकहाँ के समस्या आएको भन्ने विषयमा पहिचान हुन बाँकी रहेको बताए ।
 
उनले कतिपय ठाउँमा विद्युत् पोल परिवर्तन गर्न लागिएको र केही ठाउँमा विद्युतीय तार नयाँ जोड्न थालिएको जानकारी दिए । नेपालगन्ज–२२ नहरपुरवामा समेत हुरीबतासले विद्युत्को पोल बाङ्गो बनाउनुका साथै तारमा जस्तापाता अड्किएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र नेपालगन्जले जनाएको छ । 

त्यसैगरी, हुरीले डुडुवास्थित इलाका प्रहरी कार्यालय वनकट्टीको जस्तापाता उडाइदिएका कारण त्यहाँस्थित प्रहरीहरू अन्य ठाउँमा आश्रय लिएर बसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  १२ : ४६ बजे

इरानी संसद्का सभामुख गालिबाफ चीन मामिला हेर्ने विशेष प्रतिनिधि नियुक्त

तेहरान- अमेरिकासँगको वार्तामा प्रमुख वार्ताकारका रूपमा उदय भएका इरानको संसदका

राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले संसदीय

प्रदीप पौडेलको दाबी- प्रधानमन्त्रीले जानीजानी संसद्को उपेक्षा गरे, प्रतिपक्ष चुप बस्न हुँदैन

काठमाडौं– कांग्रेस महामन्त्री प्रदीप पौडेलले कांग्रेसले लडेर स्थापित गरेको विधिमा

गगन थापाले भने- पार्टी मिलाउन विधानको परिधिमा रहेर जे पनि गर्न तयार छु

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी मिलाउनका लागि विधानको