अमेरिकालाई चीनको जवाफ- हामी डराउँदैनौँ, कसैसँग झुक्दैनौँ « Khabarhub

अमेरिकालाई चीनको जवाफ- हामी डराउँदैनौँ, कसैसँग झुक्दैनौँ


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- अमेरिकाले लगाएको एकपछि अर्को करलाई लिएर चीनले कडा प्रतिक्रिया दिएको छ ।

चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ्गले सामाजिक सञ्जालमा भनेकी छन्, ‘चीन पछि हट्नेवाला छैन ।’

उनले कोरियाली युद्धका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका पूर्वनेता माओत्से तुङको एक पुरानो भिडियो पोस्ट गरेकी छन् ।

यस भिडियोमा माओ अमेरिकालाई भनिरहेका छन्, ‘चाहे यो युद्ध जति नै लामो किन नचलोस्, हामी कहिल्यै झुक्ने छैनौँ ।’

भिडियो शेयर गर्दै माओ निङ्गले अगाडि लेखेकी छन्, ‘हामी चिनियाँ हौँ। हामी उत्तेजकहरूसँग डराउँदैनौँ । हामी पछि हट्ने छैनौँ ।’

चीन र अमेरिका दुवै देशले एकअर्कालाई नयाँ आयात शुल्क लागू गरिसकेका छन् ।

अहिलेसम्म अमेरिका र चीनबीच कुनै किसिमको सम्झौता हुने संकेत पनि देखिएको छैन । अमेरिकाले चीनमाथि १०५ प्रतिशत आयात शुल्क पुर्‍याउँदा चीनले पनि ८४ प्रतिशत पुर्‍याइकेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ३ : ३३ बजे

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका