अमेरिकालाई चीनको जवाफ- हामी डराउँदैनौँ, कसैसँग झुक्दैनौँ « Khabarhub

अमेरिकालाई चीनको जवाफ- हामी डराउँदैनौँ, कसैसँग झुक्दैनौँ


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- अमेरिकाले लगाएको एकपछि अर्को करलाई लिएर चीनले कडा प्रतिक्रिया दिएको छ ।

चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ्गले सामाजिक सञ्जालमा भनेकी छन्, ‘चीन पछि हट्नेवाला छैन ।’

उनले कोरियाली युद्धका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका पूर्वनेता माओत्से तुङको एक पुरानो भिडियो पोस्ट गरेकी छन् ।

यस भिडियोमा माओ अमेरिकालाई भनिरहेका छन्, ‘चाहे यो युद्ध जति नै लामो किन नचलोस्, हामी कहिल्यै झुक्ने छैनौँ ।’

भिडियो शेयर गर्दै माओ निङ्गले अगाडि लेखेकी छन्, ‘हामी चिनियाँ हौँ। हामी उत्तेजकहरूसँग डराउँदैनौँ । हामी पछि हट्ने छैनौँ ।’

चीन र अमेरिका दुवै देशले एकअर्कालाई नयाँ आयात शुल्क लागू गरिसकेका छन् ।

अहिलेसम्म अमेरिका र चीनबीच कुनै किसिमको सम्झौता हुने संकेत पनि देखिएको छैन । अमेरिकाले चीनमाथि १०५ प्रतिशत आयात शुल्क पुर्‍याउँदा चीनले पनि ८४ प्रतिशत पुर्‍याइकेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ३ : ३३ बजे

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक