समकक्षी अधिकारी र प्रधानमन्त्री ओलीलाई भेटेर फर्किए भारतीय कृषिमन्त्री चौहान « Khabarhub

समकक्षी अधिकारी र प्रधानमन्त्री ओलीलाई भेटेर फर्किए भारतीय कृषिमन्त्री चौहान

कृषि क्षेत्रमा सहकार्यका लागि नयाँ समझदारी पत्रमा हस्ताक्षर


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहान दुई दिने नेपाल भ्रमण सकेर फर्किएका छन् ।

काठमाडौंमा आयोजित तेस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) कृषि मन्त्रीस्तरीय बैठक (तेस्रो बीएएमएम) मा सहभागिता जनाउन उनी मंगलबार नेपाल आएका थिए ।

बितेका एक दशकमा बंगालको खाडी क्षेत्रमा क्षेत्रीय विकास, कनेक्टिभिटी र आर्थिक समुन्नतिलाई प्रवर्द्धन गर्न बिम्स्टेक एक महत्वपूर्ण मञ्चको रूपमा उदय भएको सन्दर्भमा यो बैठक भएको हो ।

‘कृषि र खाद्य सुरक्षा’ बिम्स्टेक सहयोगको मुख्य क्षेत्रमध्य एक हो । क्षेत्रीय कृषि सहयोगलाई आकार दिन सर्वोच्च निर्णय लिने निकायको रुपमा रहेको बीएएमएमको यो तेस्रो बैठक हो ।

बीएएमएमको पहिलो बैठक २०७६ असार २७ गते म्यानमारमा भएको थियो । त्यसपछि दोस्रो बीएएमएमको बैठक २०७९ कात्तिक २४ गते भारतमा सम्पन्न भएको थियो ।

तेस्रो बीएएमएमको समयमा कृषि मन्त्रीहरूले मत्स्यपालन र पशुपन्छी सहयोगसहित बिम्स्टेक कृषि क्षेत्रमा थप गति प्रदान गर्ने तरिका र माध्यममा छलफल गरे ।

भ्रमणका क्रममा बुधबार भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्रीले आफ्ना नेपाली समकक्षी कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग द्विपक्षीय बैठक गरे ।

उनले तेस्रो बीएएमएमको बैठक सफलतापूर्वक आयोजना गरेकोमा समकक्षी अधिकारीलाई बधाई दिए ।

दुवै मन्त्रीहरूले कृषि क्षेत्रमा गरिएका विभिन्न द्विपक्षीय पहल र विकास परियोजनामा भएको प्रगतिको समीक्षा गरे । थप सहकार्यका लागि हुन सक्ने अवसरबारे पनि दुईजनाबीच छलफल भएको छ ।

भारत सरकारको कृषि तथा किसान कल्याण मन्त्रालय र नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच कृषि क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा दुवै मन्त्रीले बुधबार काठमाडौंमा हस्ताक्षर गरे ।

उक्त सम्झौताले दुई देशबीच कृषि विज्ञान तथा प्रविधि, कृषि उत्पादन, बाली उत्पादन, कृषि व्यापार तथा बजारीकरण, बिरुवा संरक्षण र बजार पहुँच, बागवानी, एकीकृत कृषि प्रणाली, लघु सिँचाइ, प्राकृतिक स्रोत व्यवस्थापन, जैविक खेती, जैविक मल र जैविक विषादी, पोष्टहार्भेष्टको व्यवस्थापन, जलवायु उत्थानशीलता र दिगो कृषि जस्ता क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

यस सम्झौताले २०४८ मंसिर २० गते कृषि सहयोगका लागि दुई देशबीच हस्ताक्षर गरिएको समझदारीपत्रलाई प्रतिस्थापन गरेको छ ।

भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्रीले बुधबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरे ।

उनले भारतको नेतृत्वको तर्फबाट अभिवादन व्यक्त गरे । भारत र नेपालबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धबारे दुईजनाबीच कुरा भएको छ ।

ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत र जनता-जनताबीचको सम्बन्धमा गहिरो जरा गाडेकोबारे कुरा भएको छ । कृषिका विभिन्न क्षेत्रहरूमा भारत-नेपाल सहयोगलाई थप सुदृढ पार्ने तरिकाहरूबारे पनि छलफल भएको थियो ।

तेस्रो बीएएमएममा सहभागिता जनाउन तथा अन्य प्रमुख द्विपक्षीय भेटघाट गर्न भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्रीको नेपाल भ्रमणले दुई देशबीच हुने नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको बताइएको छ ।

यसले विशेष गरी कृषि र सम्बन्धित क्षेत्रहरूमा द्विपक्षीय र क्षेत्रीय सम्बन्धलाई थप बढावा दिन मद्दत गरेको भारतीय दूतावासले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ३ : ५० बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र