भुक्तानी प्रणालीमा सबैभन्दा धेरै मोबाइल बैंकिङ प्रयोग « Khabarhub

भुक्तानी प्रणालीमा सबैभन्दा धेरै मोबाइल बैंकिङ प्रयोग


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम मानिसमा सूचना प्रविधिको पहुँचमा भएको विस्तारसँगै भुक्तानीमा सबैभन्दा धेरै मोबाइल बैंकिङको प्रयोग हुँदै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन महिनामा संख्यात्मक रूपमा सबैभन्दा धेरै मोबाइल बैंकिङको प्रयोग भएको छ ।

फागुन महिनामा प्रयोगकर्ताले दुई करोड ६७ लाख ५७ हजार १९४ पटक भुक्तानीका लागि मोबाइल बैंकिङ प्रयोग गरेका छन् । त्यस्तै, सो अवधिमा प्रयोगकर्ताले दोस्रो धेरै प्रयोग वालेटको दुई करोड ५९ लाख ८७ हजार ९८ पटक गरेका छन् ।

विगतको तुलनामा नेपाली प्रयोगकर्ताले वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपिएस जस्ता भुक्तानी प्रणालीलाई प्रयोग गर्दै गएको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ५ : ३१ बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६