नेपालको स्वास्थ्य सुधार प्रयासमा अमेरिकी डायस्पोराको प्रशंसा « Khabarhub

नेपालको स्वास्थ्य सुधार प्रयासमा अमेरिकी डायस्पोराको प्रशंसा


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकावासी नेपाली समुदायले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको स्वास्थ्य सेवा सुधारमा लिएको सक्रियताको प्रशंसा गरेका छन् । 

अमेरिकाको न्यूयोर्कमा नेपाली जनसम्पर्क समिति अमेरिका तथा जीपी कोइराला फाउण्डेसनले गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले मन्त्री प्रदीप पौडेलले अघि बढाएको सुधार कार्य सकारात्मक रहेको भन्दै यसबाट आफूहरू आशावादी रहेको बताए ।

दुवै कार्यक्रममा बोल्ने वक्ताहरूले नागरिकमा प्रत्यक्ष देखिने र महसुस गरिने गरी मन्त्री पौडेलले काम गरिरहेको भन्दै डायस्पोराको तर्फबाट ऐक्यबद्धता रहेको बताए ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले सकारात्मक प्रयास भइरहेको भन्दै विपन्न नागरिकलक्षित थप सुधार कार्यक्रम आउने अपेक्षा गरिएको बताए ।

वरिष्ठ चिकित्सक तथा गैरआवासीय नेपाली संघ अमेरिकाका पूर्व अध्यक्ष डा। केशव पौडेलले असल उद्देश्य राखेर मन्त्री पौडेलको नेतृत्वमा सुधार अघि बढिरहेको भन्दै कार्यान्वयन प्रभावकारी बनाउन सकिए स्वास्थ्य बीमा सुधार, अस्पताल सुधार आदि प्रभावकारी हुने बताए ।

मन्त्री प्रदीप पौडेलले अमेरिकामा रहेका नेपालीहरू समाजका लागि उदाहरणीय बन्नुपर्नेमा जोड दिए । उनले नेपालको स्वास्थ्य सुधारमा डायस्पोरा र खासगरी अमेरिकी नेपाली समुदायबाट विशेष साथको अपेक्षा गरेको बताए ।

संयुक्त राष्ट्रसंघको जनसंख्या तथा विकास आयोगको ५८ औँ सत्रमा सहभागी हुन न्यूयोर्क पुगेका मन्त्री पौडेलले आसन्न बजेटका सन्दर्भमा सुझावका लागि नेपाली स्थायी नियोगले आयोजना गरेको कार्यक्रममा समेत सहभागिता जनाए ।

साथै, माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्रीसँग भेटवार्ता गरेर नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पीजी अध्ययन गराउनका आवश्यक तयारी भइरहेको भन्दै छिट्टै सम्झौता अघि बढ्ने विश्वास गरेका थिए ।

मन्त्री पौडेलले आयोगको सत्रमा सम्बोधन गर्दै नेपालले मातृ शिशु स्वास्थ्यमा सुधार तथा मृत्युदरमा तीन दशकमा उल्लेखनीय सुधार गरेको भन्दै थप प्रगतिका लागि अन्तर्राष्ट्रिय सहकार्यका लागि आग्रह गरेका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ५ : ३८ बजे

भारतमा आगलागी, ७ जनाको मृत्यु

एजेन्सी– भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार आगलागी हुँदा कम्तिमा

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक

शव बोकेर गएको हेलिकप्टर खोटाङमा दुर्घटना

खोटाङ- खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२

विद्युतीय कार चार्जका क्रममा सल्किएको आगोले कम्तीमा ८ जनाको मृत्यु

नयाँदिल्ली- भारतको मध्येप्रदेशस्थित इन्दौर सहरमा विद्युतीय कार चार्ज गर्ने क्रममा