युक्रेनको दाबी- रूसका लागि युद्ध लड्दैछन् चिनियाँ नागरिक, दुईजना समातिए | Khabarhub Khabarhub

युक्रेनको दाबी- रूसका लागि युद्ध लड्दैछन् चिनियाँ नागरिक, दुईजना समातिए


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले तीन वर्षदेखि जारी युद्धमा रूसको पक्षबाट १५५ भन्दा धेरै चिनियाँ नागरिकहरूले युद्ध लडिरहेको दाबी गरेका छन् ।

जेलेन्स्कीले देशको जासुसी एजेन्सीलाई उद्धृत गर्दै जनाएअनुसार रूसको तर्फबाट युद्ध लडिरहेका ११५ चिनियाँ नागरिकको पहिचान गरिएको छ ।

उनका अनुसार यसरी युद्ध लडिरहेका चिनियाँको संख्या योभन्दा अझै बढी पनि हुन सक्छ । जेलेन्स्कीले पहिचान गरिएका चिनियाँ नागरिकको नाम र राहदानीको जानकारी आफूसँग रहेको पनि बताएका छन् । यसबारेमा चीनले पनि जवाफ फर्काएको छ ।

यो कुरा बताउनु एक दिनअघि नै जेलेन्स्कीले युक्रेनी सेनाले रूसको तर्फबाट युद्ध लडिरहेका २ चिनियाँ नागरिकलाई पूर्वी युक्रेनबाट गिरफ्तार गरिएको बताएका थिए । उनले यससम्बन्धी एक भिडियो नै सार्वजनिक गरेका थिए ।

बुधवार मात्रै जेलेन्स्कीले सञ्चारमाध्यमसँग कुरा गर्दै रूसले सामाजिक सञ्जालमार्फत् चिनियाँ नागरिकलाई आफ्नो सेनामा भर्ती गरिरहेको बताएका थिए ।

उनका अनुसार चीनलाई पनि यसबारेमा जानकारी छ। तर युक्रेनका अधिकारी चिनियाँ नागरिकलाई युद्ध लड्न त्यहाँको सरकारले नै पठायो या आफूखुसी आए भन्ने कुराको निचोडमा पुग्न सकेका छैनन् ।

जेलेन्स्कीले यसबारे भने, ‘चीनका १५५ जना युवाको नाम, राहदानी र अन्य जानकारी हामीसँग छ । यी चिनियाँ नागरिक युक्रेनी क्षेत्रमा हामीविरुद्ध लडिरहेका छन् । हामी थप विवरण जुटाइरहेका छौँ । हामीलाई विश्वास छ, यो युद्धमा अझै बढी संख्यामा यस्ता मानिस संलग्न छन् ।’

जेलेन्स्कीले उत्तर कोरियालपछि चिनियाँ नागरिकलाई पनि युद्धमा तानेर रूसले यस तनावलाई अझै लम्ब्याउन चाहेको जिकिर गरेका छन् ।

‘चिनियाँ नागरिकलाई यस युद्धमा संलग्न गराएर रूस युद्धलाई अझै बढाउन चाहन्छ । यो रूसको दोस्रो गल्ती हो । पहिलो गल्ती उत्तर कोरियाका सैनलाई युद्धमा सामेल गरेर गरिसकेको छ। रूस अन्य देशका नागरिकलाई पनि युद्धमा तानिरहेको छ । मलाई लाग्छ, रूस यो युद्धमा चीनलाई पनि प्रत्यक्ष रुपमा जोड्न चाहन्छ ।’

यस क्रममा जेलेन्स्कीले रूससँग यदि बन्दी बनाइएका आफ्ना सैनिक छाडेमा समातिएका चिनियाँ युद्धबन्दीलाई फिर्ता पठाइदिने शर्त राखेका छन् । युक्रेनी राष्ट्रपतिले अमेरिकालाई पनि सन्देश पठाउँदै रूसको यो हर्कत देख्नुपर्ने जिकिर गरेका छन् । अमेरिकाले यसबारेमा अडा प्रतिक्रिया दिनुपर्ने उनको जिकिर छ ।

चीनले के भन्यो ?

चीनले भ्लोदोमिर जेलेन्स्कीको दाबीलाई सिधै खारेज गरिदिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले युक्रेनी राष्ट्रपतिको दाबीमा सत्यता नरहेको बताएका छन् ।

उनले चीन सरकारले आफ्ना नागरिकलाई कुनै पनि युद्धमा नजान पहिले नै चेतावनी दिइसेको बताएका छन् । तर पनि लिन जियानले युक्रेनी दाबीलाई लिएर अहिले चीन छानबिन प्रक्रियामा रहेको बताए । चीनले रूससँग संवाद गरेर यस प्रकरणको सूचना लिइने पनि जनाएको छ ।

अमेरिका के भन्छ ?

यस मामिलामा अमेरिकी स्टेट डिपार्टमेन्टकी प्रवक्ता ट्यामी ब्रुसले बोलेकी छन् । उनले सञ्चारमाध्यमसँगको कुराकानीमा चीन पहिलेबाटै युक्रेनविरुद्धको युद्धमा रूसको एक प्रमुख सहयोगी बनेर उभिएको बताइन् ।

ब्रुसले अहिले पनि चीनले रूसलाई प्राविधिक र अन्य सहयोग गरिरहेको बताएकी छन् । तर चिनियाँ नागरिकहरू रूसका लागि लडिरहेको खबर अझै चिन्ताजनक र गम्भीर रहेको पनि उनको टिप्पणी छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ६ : ३५ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु