अर्थसंक्षेप : नेपाल–भारतबीच व्यापार सहजीकरणका लागि वार्ता, ५ अंकले घट्यो नेप्से र बैंकिङ क्षेत्रको निक्षेप ४.२ प्रतिशतले बढ्यो « Khabarhub

अर्थसंक्षेप : नेपाल–भारतबीच व्यापार सहजीकरणका लागि वार्ता, ५ अंकले घट्यो नेप्से र बैंकिङ क्षेत्रको निक्षेप ४.२ प्रतिशतले बढ्यो


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

अर्थमन्त्री भन्छन्- तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखियो

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखिएको बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा पौडेलले चालू आर्थिक वर्षमा बिना अध्ययनका करिब ११ हजार योजनामा बजेट लोड गरिएका कारण कार्यान्वयनमा समस्या देखिएको बताएका हुन् ।

यसअघि ७ हजार आयोजना रहेकोमा ११ हजार योजना थप गरी १८ हजार आयोजना रहेको र त्यसलाई अघि बढाउन समेत समस्या भएको उनले बताए ।

पौडेलले सीमित स्रोतको अत्याधिक सदुपयोगमा सरकारले ध्यान दिएको भन्दै आगामी आर्थिक वर्षको बजेट निर्माणमा पनि सीमित स्रोतलाई ध्यान दिइने उल्लेख गरे ।

उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

चाइना साउदर्न एयरलाइन्सले काठमाडौं-ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने

नेपाल–भारतबीच व्यापार सहजीकरणका लागि वार्ता

नेपाल-भारत व्यापार सहजीकरणका लागि उच्च अधिकारीहरुको बैठक काठमाडौंमा भइरहेको छ ।

नेपाल र भारतबीचको व्यापारलाई थप सहज एवम् सरल बनाउनु र अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीबीच काठमाडौंमा बैठक भएको हो ।

यो बैठकमा दुई देशका भन्सार कार्यालयबीचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू अग्रीम रुपमा उपलब्ध गराउने, तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल आउने तथा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुकसम्म निकासी हुने मालवस्तुवाहक कन्टेनरमा विद्युतीय कार्गो ट्रयाकिङ्क प्रणाली लागू गर्नेलगायत विषय छन् ।

एलओडी बन्यो विश्वकै ४४औँ उत्कृष्ट क्लब

साताको अन्तिम कारोबारमा ५ अंकले घट्यो नेप्से

साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.५७ अंकले घटेर २६७०.७० विन्दुमा पुगेको छ । आज नेप्से ०.२० प्रतिशतले घट्दा कारोबारमा भने वृद्धि भएको छ ।

आज ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार रुपैयाँ बराबरको १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता शेयर कारोबार भएको छ ।

भूकम्प प्रभावित म्यानमारलाई नेपालको २७ टन राहत

आठ महिनामा ४.२ प्रतिशतले बढ्यो बैंकिङ क्षेत्रको निक्षेप, गैर नाफामूलक संस्थाको बचतमा भने गिरावट

चालु आर्थिक वर्षको आठ महिनामा नेपालको बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको ८ महिनामा वाणिज्य बैंक देखि फाइनान्स कम्पनीमा ४.२ प्रतिशतले निक्षेपमा वृद्धि भएको हो ।

तथ्यांकअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म नेपालको बैंक तथा वित्तीय क्षेत्रमा ६४ खर्ब ९४ अर्ब ९४ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन भएको थियो । फागुन मसान्तसम्म आइपुग्दा ती संस्थाको निक्षेपमा वृद्धि भएर ६७ खर्ब ६८ अर्ब २ करोड ५ लाख पुगेको हो ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ७ : २३ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका