दुई करोड खर्चेर विष्णुमती करिडोरमा पार्क बनाइँदै « Khabarhub

दुई करोड खर्चेर विष्णुमती करिडोरमा पार्क बनाइँदै


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको नयाँबसपार्कस्थित विष्णुमती किनारामा एक करोड ९८ लाख २२ हजार रुपैयाँ लागतमा पार्क निर्माण हुने भएको छ । टोखा नगरपालिका–९ विष्णुमती करिडोरमा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको एक करोड ९८ लाख २२ हजार रुपैयाँ लागतमा पार्क निर्माण हुन लागेको हो । 

नयाँबसपार्कको सिमानासँग जोडिएको विष्णुमतीमा अव्यवस्थित रूपमा सञ्चालनमा रहेका ८२ अस्थायी टहरा हटाएर उक्त स्थानमा पार्क निर्माण गर्न लागिएको हो । नयाँ निर्माण भएको पार्कभित्र खुला व्यायमशाला, ज्येष्ठ नागरिक मिलन केन्द्र, चिल्ड्रेन पार्क र अपाङ्गमैत्री शौचालय रहने टोखाका प्रमुख कार्यकारी अधिकृत शेरबहादुर विसीले जानकारी दिए ।    
 
नगरप्रमुख प्रकाश अधिकारीले स्थानीयवासीको लामो समयदेखिको मागअनुसार पार्क निर्माण कार्य अगाडि बढाइएको बताए । उनले नेपाल भूकम्पले अति जोखिम क्षेत्र भएकाले खुल्ला स्थान बनाउनुपर्ने स्थानीयको मागअनुसार पार्क तथा उद्यान निर्माण गर्न लागिएको बताए । पार्क एक वर्षभित्र निर्माण सम्पन्न हुने सो नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ८ : ०५ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको