प्रहरीले भन्याे : दुर्गा प्रसाईं फरार छन्, खोजी हुँदैछ « Khabarhub

प्रहरीले भन्याे : दुर्गा प्रसाईं फरार छन्, खोजी हुँदैछ


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनका नाइके दुर्गा प्रसाईको खोजी कार्य जारी रहेको बताएको छ ।

बिहीबार अबेर राति नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले एक विज्ञप्ती जारी गर्दै ‘दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा प्रकाशन भएका विभिन्न समाचारहरू प्रति ध्यानाकषर्ण भएको जनाएका हुन् ।

विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाई नेपाल प्रहरीको खोजीको सूचिमा रहेको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाई नेपाल प्रहरीको खोजीको सूचिमा रहेको जानकारी गराउँदै हालसम्म दुर्गा प्रसाई पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौँ’ विज्ञप्तीमा उल्लेख छ ।

यता दुर्गा प्रसाईंको सचिवालयले भने प्रसाईंले भारतको आसाम राज्यको प्रहरी समक्ष आत्मसमपर्ण गरेको बताएको छ । सुरक्षाका लागि दुर्गा आँफै प्रहरीसमक्ष आत्मसमपर्ण गरेको सचिवालयले फेसबुकमा लेखेको छ ।

दुर्गा प्रसाईंको सचिवालयको स्टाटस:

प्रहरीकाे विज्ञप्ती

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ११ : २७ बजे

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ

‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’

कञ्चनपुर– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी