खोटाङमा आजदेखि खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सुरु | Khabarhub Khabarhub

खोटाङमा आजदेखि खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सुरु


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव– २०८२’ आजदेखि सुरु भएको छ । महोत्सव आगामी जेठ ४ गतेसम्म सञ्चालन हुनेछ ।

खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विद्याका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका खुला महिला/पुरूष हाफ म्याराथनसहित दौड, खुला महिला/पुरूष टेबलटेनिस, खुला पुरूष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए । महोत्सवको पहिलो दिन आज (वैशाख–२७ गते) खुला महिला/पुरूष हाफ म्याराथनसहित एथलेटिक्स विद्याका सबै प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

खुला महिला/पुरूष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगितामा नेपाली सेना, जनपद र सशस्त्र प्रहरीका तीन वटै क्लब, विभिन्न जिल्लाका धावक गरी ३५ जनाले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

म्याराथनमा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौ, छैटौँ र सातौँ हुनेले क्रमशः ७७ हजार सात सय ७७, ५५ हजार पाँच सय ५५, २५ हजार पाँच सय ५५, १५ हजार पाँच सय ५५, ११ हजार एक सय ११, सात हजार सात सय ७७ र पाँच हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरिएको महोत्सवमा १० वर्षमुनिका छात्रछात्राका लागि एक माइल, १२ वर्षमुनिका छात्रछात्राका लागि दुई किलोमिटर, १५ वर्षमाथिका महिला/पुरूषका लागि १०  किलोमिटर, ६० वर्षमाथि पुरूषका लागि दुई किलोमिटर, आमाहरूको लागि पाँच किलोमिटर, १२ वर्षदेखि १५ वर्षमुनिका छात्रछात्राका लागि सात किलोमिटर र ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौड प्रतियोगिता हुनेछ । दौड प्रतियोगितामा सहभागी हुनका लागि करिब सात सय धावकहरू जिल्ला भित्रिसकेको आयोजकले जनाएको छ ।

दश वर्षमुनिका छात्रछात्रा एक माइल दौड प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेले तीन हजार, दुई हजार, एक हजार, बाह्र वर्षमुनिका छात्रछात्रा दुई किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले चार हजार, तीन हजार र एक हजार पाँच सय, ६० वर्षमाथिका पुरूषको दुई किलोमिटर र आमाको पाँच किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद पाँच हजार पाँच सय, तीन हजार पाँच सय र दुई हजार पाँच सयका दरले पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

१२ वर्षदेखि १५ वर्षमुनिका छात्रछात्रा सात किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद सात हजार पाँच सय, ६ हजार पाँच सय र पाँच हजार पाँच सयको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

महोत्सव समापनको अवसरमा साहित्यिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका जिल्ला बाहिरका एक जना महिला साहित्यकारलाई नगदसहित सम्मान गर्ने तयारी गरिएको जनाइएको छ ।

महोत्सवका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

६ दिनसम्म सञ्चालन हुने महोत्सवको अवसरमा करोडौँको कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङले जनाएको छ । 

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १० : ३३ बजे

अब हुलाक टिकटमा रायोको सागदेखि असला माछासम्म…

काठमाडौं – सबैको जिज्ञासा हुन सक्छ, हुलाक टिकटमा केके पाइन्छ

असमानताको अन्त्य गरेर मात्र लक्ष्यमा पुग्न सकिन्छ : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलित समुदायको सशक्तीकरणका

पोखरा विश्वविद्यालयद्वारा विभिन्न संकायका डिन नियुक्त

पोखरा – पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले विभिन्न संकायका डिन

नेदरल्याण्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याउँदै नेपाल

काठमाडौं – आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले

आईपीएल विजय उत्सवमा भीड अनियन्त्रित, भागदौडमा ११ जनाको मृत्यु

बेङ्गलुरु – बेङ्गलुरुमा स्थानीय क्रिकेट (आईपीएल) टोलीको विजय उत्सव मनाउँदै